चीनको शिन्जियाङमा शोरुम शुभारम्भ गरेपछि टेस्लाको आलोचना

  • Technology Khabar | २० पुष २०७८, मंगलवार
चीनको शिन्जियाङमा शोरुम शुभारम्भ गरेपछि टेस्लाको आलोचना

काठमाडौं ।

चीनको विवादास्पद शिन्जियाङ क्षेत्रमा शोरुम खोलेको भन्दै विद्युतीय कार निर्माता कम्पनी टेस्लामाथि अमेरिकामा आलोचना भइरहेको छ।

सीईओ इलन मस्कको नेतृत्वमा रहेको कम्पनी टेस्लाले यही नयाँ वर्षको पूर्वसन्ध्यामा शिन्जियाङ प्रान्तको उरुम्कीमा आफ्नो शोरुम खोलेको हो।

तर यो कदमको चीनले भने स्वागत गरेको बीबीसीले उल्लेख गरेको छ।

स्रोतसाधन सम्पन्न देशको पश्चिमी क्षेत्रमा यूग्युर अल्पसङ्ख्यकमाथि दासत्व तथा नरसंहार गरेको भन्दै चीनमाथि आलोचना हुने गरेको छ।

रिपब्लिकन सिनेटर मार्को रुबियोले पनि टेस्लाको निर्णयका बारेमा बोलेका छन्। रुबियो राष्ट्रपति बाइडेनले गत डिसेम्बरमा हस्ताक्षर गरेको शिन्जियाङ प्रान्तमा उत्पादित सामग्रीहरु जबर्जस्ती श्रममार्फत् बनेको होइन भन्ने प्रमाणित गर्नुपर्ने विधेयकका प्रस्तावक हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘गैर राष्ट्रिय संस्थाहरुले चिनियाँ कम्युनिस्ट पार्टीलाई शिन्जियाङ प्रान्तमा भइरहेको नरसंहार तथा दास श्रम ढाकछोप गर्न सघाइरहेका छन्।’

 

 

अमेरिकी निर्माण उद्योग संघका अध्यक्ष स्कट पलले यस सम्बन्धमा भने, ‘सिधा रुपमा भन्दा शिन्जियाङमा व्यवसाय सञ्चालन गरेको कुनै पनि कम्पनी त्यहाँ भइरहेको सांस्कृतिक नरसंहारको भागीदार हुन्छ। तर टेस्लाको कदम विशेषरुपमा घृणायोग्य छ।’

प्रकाशित: २० पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार