ब्ल्याकबेरीका सबै क्लासिक स्मार्टफोन मोडेलले आजदेखि काम नगर्ने

  • Technology Khabar | २० पुष २०७८, मंगलवार
ब्ल्याकबेरीका सबै क्लासिक स्मार्टफोन मोडेलले आजदेखि काम नगर्ने

काठमाडौं ।

स्मार्टफोन निर्माता कम्पनी ब्ल्याकबेरीले आज मंगलबारदेखि आधिकारिकरूपमा यसले आफ्ना सबै क्लासिक स्मार्टफोन मोडेलहरूलाई समर्थन बन्द गर्ने घोषणा गरेको छ। यसको मतलब आजदेखि ब्ल्याकबेरी क्लासिक स्मार्टफोन प्रयोग गर्ने कुनै पनि प्रयोगकर्ताहरूले अब सो फोन प्रयोग गर्नसक्ने छैनन्।

ब्ल्याकबेरी ओएस वा बीबी१०ओएस (BB10 OS) मा सञ्चालन हुने कम्पनीका सबै क्लासिक स्मार्टफोनहरूमा सपोर्ट बन्द हुनेछ। कम्पनीको आधिकारिक समर्थन बन्द भएपछि ब्ल्याकबेरी क्लासिक स्मार्टफोन प्रयोगकर्ताहरूले फोन कलिङ, डाटामा पहुँच, एसएमएस र डिभाइसमा आपतकालीन प्रयोग जस्ता सबै सुविधाहरू गुमाउने छन्।

यसको अर्थ अब यी फोनहरु केबल स्मार्टफोन डब्बाको रुपमा हुनेछन्।

यी मोडेलहरूमा यो सपोर्ट आज जनवरी ४, २०२२ देखि बन्द हुने कम्पनीले यसअघि नै जानकारी दिएको थियो। कम्पनीले २०२० सेप्टेम्बरमा नै यस बारेमा आधिकारीकरुपमा जानकारी घोषणा गरेको थियो।

यो नयाँ नियम ब्ल्याकबेरीको क्लासिक स्मार्टफोनहरूमा मात्र लागू हुनेछ। ब्ल्याकबेरीको एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित भएर चल्ने स्मार्टफोनहरू भने अझै पनि प्रयोग गर्न सकिन्छ।

ब्ल्याकबेरी (बीबी) २०१६ देखि प्रायः फोन व्यवसायबाट बाहिर रहेको छ, तर वर्षौंदेखि यसले टिसिएल र हालसालै ५जी ब्ल्याकबेरी उपकरणको लागि अस्टिन, टेक्सासमा आधारित सुरक्षा स्टार्टअप, वनवार्डमोबिलिटीलगायत फोन निर्माताहरूलाई आफ्नो ब्रान्डको इजाजत दिन जारी राखेको छ जुन एन्ड्रोइड सफ्टवेयरमा आधारित भएर चलिरहेका छन्।

कुनै समय यसका डिभाइसहरू वाल स्ट्रिटका मानिसहरू, किम कार्दशियन जस्ता सेलिब्रेटीहरू र तत्कालिन राष्ट्रपति बराक ओबामाका साथमा स्ट्याटस सिम्बल बनेका थिए । त्यसबेला सुरक्षाको कारण यसको ठूलो प्रतिष्ठा थियो। सन् २०१२ मा यसको चरम सीमामा, ब्ल्याकबेरीका ८ करोड भन्दा बढी सक्रिय प्रयोगकर्ताहरू थिए।

प्रकाशित: २० पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार