रियलमी ८एस ५जी फिर्ता गर्ने ग्राहकलाई भारतमा अग्नि फाइभजी दिने लाभाको अफर

  • Technology Khabar | २० पुष २०७८, मंगलवार
रियलमी ८एस ५जी फिर्ता गर्ने ग्राहकलाई भारतमा अग्नि फाइभजी दिने लाभाको अफर

काठमाडौं ।

स्मार्टफोन ब्राण्ड लाभाले भारतीय बजारमा लाभा अग्नि फाइभजी गत नोभेम्बरमा ताइवानी चिपसेटको साथ “पहिलो भारतीय फाइभजी स्मार्टफोन” को रूपमा लन्च गरेको थियो, र फोनमा केही चाखलाग्दो मिड-रेन्ज स्पेसिफिकेशनहरू छन्, जस्तै पछाडि क्वाड क्याम सेटअप, गोरिल्ला ग्लासका साथ ठूलो ६.७८ इन्चको एलसीडी डिस्प्ले, र ९० हर्जको रिफ्रेस दर।

हालै सो ब्रान्डले भारतीय बजारमा आफ्नो फोनको प्रबर्द्धन गर्न एक किसिमको डिल सुरु गर्ने निर्णय गरेको छ जहाँ यसले रियलमी ८एस ५जी फिर्ता गर्ने प्रत्येक ग्राहकलाई नि:शुल्क अग्नि फाइभजी स्मार्टफोन दिनेछ। यो ट्रेड-इन कार्यक्रम विशिष्ट रियलमी स्मार्टफोनको लागि मात्र हो।

लाभा फोनमा केही विशेषताहरू छन् जसले यसलाई विशेषगरी रियलमी भन्दा राम्रो बनाएको छ । यसमा- एउटा ठूलो डिस्प्ले र अतिरिक्त ५ मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल क्यामेरा। तर यो ठुलो र भारी पनि छ र छिटो चार्जिङ हुने विषयमा भने अलिकति कमजोरी छ। तिनीहरूसँग ८/१२८जीबी मेमोरी संस्करणको लागि भारतमा समान भारु १९,९९९ मूल्य ट्याग छ।

केही कारणले लाभाले आफ्नो मिडियाटेक डाइमेन्सिटी ८१० चिपसेटलाई रियलमी ८एस ५जीमा रहेको चिप भन्दा राम्रो ठान्छ, जसमा पनि सोही चिपसेट मिडियाटेक डाइमेन्सिटी ८१० नै छ। संभवत यो इमानदार गल्ती मात्र भएको अनुमान छ र यो ग्राहकहरूलाई भ्रममा पार्ने जानाजानी प्रयास होइन्।

त्यहाँ एक दर्ता प्रक्रिया छ र यो शुक्रबार जनवरी ७ मा समाप्त हुन्छ। सहभागीहरूले आफ्नो निःशुल्क लाभा अग्नि ५जी प्राप्त गर्न तीन-चरणको प्रक्रियामार्फत जानुपर्छ, तर स्टकहरू सीमित छन्, त्यसैले यो डिल चाँडै समाप्त हुन सक्छ। एजेन्सीहरुका साथ

प्रकाशित: २० पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...