
काठमाडौं ।
एप्पलले आफ्नो आगामी आईफोन १४ मा पन्चहोल डिस्प्ले ल्याउने हल्ला नोलो होइन।
केही समयअघिदेखि नै यो हल्ला विभिन्न लीकमर्फत बाहिरिइसकेका छन्।
तर हालै अर्का भरपर्दो स्रोतले सोही तथ्यलाई पुन: दोहोर्याएकोले यो कुरा लगभग निश्चित भएको बुझ्न सकिन्छ।
एप्पलका उतपादनहरुमा विज्ञता हासिल गरेका ब्लूमबर्गका सम्पादक मार्क गर्मनले हालै आफ्नो पावर अन न्यूजलेटरको पछिल्लो पडकास्टमा एप्पलले २०२२ मा आउने आफ्ना केही डिभाइसमा नचलाई छोडेर पन्चहोल डिस्प्ले राख्ने उल्लेख गरेका हुन्।
गर्मनका अनुसार यो नयाँ वर्षमा नयाँ डिजाइन गरिएको म्याकबुक एयर तथा एउटा एम२ चिपका साथै २०२२ आईप्याड प्रोका लागि वायरलेस चार्जिङ पनि आउने तयारीमा छ।
आईफोन १४ सिरिजमा पन्चहोल आएपछि फेसआईडी भने डिस्प्लेको भित्र रहनेछ। यसै क्रममा एम२ चिप एम१ को तुलनामा फास्ट हुने गर्मनले दावी गरेका छन्।
प्रकाशित: २० पुष २०७८, मंगलवार