
काठमाडौं ।
वैश्विक चिप अभावका कारण यो वर्ष अर्थात् सन् २०२२ मा चीन कम्तीमा १० लाख विद्युतीय सवारी उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार यो वर्ष चीनमा रहेका कम्पनीहरुले ४० लाख नवीन-उर्जा सवारीका लागि पर्याप्त सेमिकन्डक्टर, माइक्रोकन्ट्रोलर यूनिट तथा आर्टिफिसियल इन्टेलिजेन्सयुक्त हाइ-इन्ड चिप निर्माण गर्न सक्ने छन्।
‘अटोमोटिभ चिपको अभावका कारण कार बजारमा परेको प्रभाव अझै सहज हुन सकेको छैन’, पोस्टले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ।
सर्वाधिक बिक्ने मोडलहरुका लागि आवश्यक चिपको उत्पादनमा अझै जोड दिनुपर्ने देखिएकJ प्रतिवेदनमा जनाइएको छ।
दक्षिणपूर्वी चीनमा पुन: फैलिएको कोभिड-१९ कारण यस क्षेत्रका थुप्रै चिप फ्याक्ट्रीको उत्पादनमा नकारात्मक असर परेको थियो।
उपभोक्ताले आफ्ना पेट्रोल तथा डिजेल गाडीहरुबाट बिस्तारै विद्युतीयतर्फ जाँदै गरेको अवस्थामा चीनले उक्त समस्याको नतिजा अनुभव गरिरहेको देखिएको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: २० पुष २०७८, मंगलवार