चीनका सबै प्रशासनिक गाउँहरू ब्रोडब्यान्ड इन्टरनेट सेवामा जोडिए

  • Technology Khabar | १९ पुष २०७८, सोमबार
चीनका सबै प्रशासनिक गाउँहरू ब्रोडब्यान्ड इन्टरनेट सेवामा जोडिए

काठमाडौं ।

चीनका सबै प्रशासनिक गाउँहरू २०२० नोभेम्बरको अन्त्यसम्ममा ब्रोडब्यान्ड इन्टरनेट सेवामा जोडिएका अधिकारीहरूले बताएका छन्।

गरिब क्षेत्रहरूमा सञ्चारको कठिनाइहरू समाधान गर्न यो ऐतिहासिक उपलब्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अधिकारी सि कुनले एक पत्रकार सम्मेलनमा भनेको सिन्ह्वाले रिपोर्ट गरेको छ । यस उपलब्धिले चीनको ग्रामीण जीवन र आधुनिकीकरणका लागि ठोस इन्टरनेट सहयोग प्रदान गर्ने उनले बताए।

अर्थ मन्त्रालयका अधिकारी जोउ सुपिङका अनुसार सन् २०१५ देखि, चीनले ग्रामीण र दुर्गम क्षेत्रहरूमा सञ्चार सञ्जाल निर्माण गर्न सहयोग गर्न कुल २२ अर्ब बिलियन युआन (लगभग ३.४६ अर्ब अमेरिकी डलर) भन्दा बढी विनियोजन गरेको छ।

इन्टरनेट सेवाको सुलभता सुनिश्चित गर्न र ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको विकास प्रवर्द्धन गर्न प्रयास गरिएको छ।

‘भविष्यको लागि, चीनले नीति र आर्थिक सहयोग जारी राख्ने, ग्रामीण इन्टरनेट पूर्वाधार सुधार गर्ने र ग्रामीण क्षेत्रको डिजिटल विकासलाई प्रवर्द्धन गर्ने छ,’ सीले भने।

प्रकाशित: १९ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...