ओपोद्वारा ६एनएम अत्याधुनिक ईमेजिङ एनपीयू मारिसिलिकन एक्सको अनावरण

  • Technology Khabar | १९ पुष २०७८, सोमबार
ओपोद्वारा ६एनएम अत्याधुनिक ईमेजिङ एनपीयू मारिसिलिकन एक्सको अनावरण

काठमाडौं ।

ओपोले ओपो ईन्नो डे २०२१ मार्फत आफ्नो पहिलो स्व–डिजाइन्ड अत्याधुनिक ईमेजिङ एनपीयू–मारिसिलिकन सार्वजनिक गरेको छ। ६ एनएम प्रोशेस प्रविधि मार्फत निर्मित मारिसिलिकन एक्सले अत्याधुनिक एनपीयू, आईएसपी र मल्टि–टायर मेमोरी आर्किटेक्चरको समिकरण गरी अद्वितीय उर्जा बचतका साथै उत्कृष्ट कार्य दक्षता प्रदर्शित गर्दै रियल–टाइम आरएडब्ल्यू प्रशोधनका साथै उत्कृष्ट लाईभ प्रिभ्यू सहित फोरके एआई नाइट भिडियो कैद गर्न सघाउँछ।

“ईमेज प्रविधिको सिमाना थप फराकिलो पार्दै अघि बढ्ने ओपोको एक दशक भन्दा लामो अनुभवले क्यामेरा मोड्युल्स, लेन्स र अल्गोरिदमका क्षेत्रमा ओपोलाई उद्योगकै केही ठूला नवप्रबर्तनको प्रबर्तकका रुपमा उभ्याएको छ”, ओपोका वरिष्ठ निर्देशक जियांग बिओले भने, “हाम्रो नयाँ अत्याधुनिक ईमेजिङ एनपीयू हाम्रालागि अहिले सम्मकै ठूलो सफलता मध्य एक हो । यसले मोबाइल ईमेजिङ प्रणालीलाई थप शक्ति प्रदान गर्दै उपभोक्तालाई अद्वितीय अनुभव प्रदान गर्नेछ ।”

दुबै विश्वको उत्कृष्ट: उच्च गतिको समिकरण उच्च कार्य सम्पादनका साथ
मारिसिलिकन एक्सको एनपीयूले १८ ट्रिलियन प्रति सेकेन्ड (टीओपीएस), हाम्रो एआई अल्गोरिदमका लागि आवश्यक कम्प्यूटिङ शक्ति भन्दा अधिक उत्सर्जन गर्ने क्षमता बोकेको छ। यसमा रहेको ११.६ टीओपीएस प्रति वाट शक्ति क्षमताका कारण एनपीयूले ब्याट्रिको अधिक खपत विनानै उच्च स्तरिय कार्य प्रदर्शित गर्ने क्षमता बोक्छ।

एनपीयूमा अत्याधुनिक डेडिकेटेड टेरा–बीपीएस मेमोरीको सह प्रणालीपनि समाहित छ। यसले मारिसिलिकन एक्सलाई सञ्चय क्षमतामा कुनै ह्रास बिना नै एनपीयूको कम्प्यूटिङ क्षमताको पूर्ण उपयोग गर्ने शक्ति प्रदान गर्छ । फलतः स्टोरेज र प्रोशेसिंग एकाइका विच डाटा आदान प्रदान गर्नका लागि लाग्ने समयमा ब्यापक कटौती हुन्छ।

मारिसिलिकन एक्समा ८.५ जीबी/एसको अतिरिक्त ब्याण्डविथ सहितको डेडिकेटेड डीडीआर जडान गरिएको छ। यसको मल्टिटायर मेमोरी आर्किटेक्चरले ढिला सुस्तीमा ब्यापक कटौती गर्दै आवश्यक दोहोरो रिड साइकलका कारण हुने उर्जा खपतमा न्यूनिकरणपनि ल्याउँछ।

ओपोको एआई न्वाइज रिडक्शन अल्गोरिदमको प्रयोग गर्दा मारिसिलिकन एक्सले ओपो फाइन्ड एक्सथ्री प्रोका तुलनामा २० गुणा उच्च गतिमा कार्य सम्पादन गर्छ। मारिसिलिकन एक्सले हरेक फ्रेममा तत्सम् कठिन सुधार उपलब्ध गराउँदै फोरके नाइट भिडियो खिच्ने क्षमता राख्छ।

अल्ट्रा एचडीआरका लागि शक्तिशाली आईएसपी
मारिसिलिकन एक्समा शक्तिशाली आईएसपी उपलब्ध गरिएको छ। यसले गर्दा २० बिट १२० डीबी डायनामिक रेन्जका तस्विर कैद गर्न सकिन्छ। यो भनेको फाइन्ड एक्सथ्रीका तुलनामा ४ गुणा बढी हो। यसले तस्विरमा सर्वाधिक उज्यालो र अध्यारो क्षेत्रको कन्ट्रास्ट रेसियो १००००००ः १ प्रदान गर्दै जीवन्त दृष्य कैद गर्न सघाउँछ।

रियल टाइम आरएडब्ल्यू प्रशोधन
यसको उच्च डाटा क्षमता र बृहत्त कम्प्यूटिङ शक्तिका कारण मारिसिलिकन एक्सलाई ईमेजिङ पाइपलाइनमा क्रान्तिकारी परिमार्जन ल्याउँदै आरएडब्ल्यू डोमेनको पिक्सेल लेभलमा रियल टाइम फोरके एआई प्रशोधन र २० बिट एचडीआर फ्युजन प्रत्यक्ष सम्पादन गर्ने शक्ति प्रदान गर्छ।

वास्तविक ईमेज डाटा प्रशोधन गर्दै मारिसिलिकन एक्सले तस्विरका लागि ८डीबी सिग्नल–टू–न्वोइज रेसियो प्राप्त गर्ने क्षमता बोक्छ। यसले कम्प्यूटेशनल फोटोग्राफीका लागि नयाँ जगतनै उजागर गरिदिएको छ।

आरजीबीडबल्यू प्रो मोड मार्फत प्रो फरफरमेन्स
डुअल ईमेज पाइपलाइन डिजाइन र डबल रअ सुपर स्याम्प्लिङको उपयोगद्वारा मारिसिलिकन एक्सले ओपोको आरजीबीडब्ल्यू सेन्सरको पूर्ण क्षमता उजागर गर्छ। आरजीबी र ह्वाइट सिग्नलको एकिकरण र छुटाईको समर्थन गर्दै यसले ८.६डीबीको सुदृढ सिग्नल टू न्वोइज रेसियो र टेक्स्चरको गुणस्तरमा १.७एक्सको सुधारका साथ फोटो तथा भिडियो दुबैमा जीवन्तता प्रदान गर्छ।

फोरके एआई नाइट भिडियोमा उल्लेखनिय विकास
एक समर्पित ईमेजिङ एनपीयूका रुपमा मारिसिलिकन एक्सले कम्प्यूटेशनल फोटोग्राफीमा नयाँ यूगको थालनी गरेको छ। कार्य दक्षता र सम्पादन क्षमता दुबैमा ब्यापक विकासका साथ यसले स्पष्ट तथा गुणस्तरिय भिडियोहरुका लागि एआई न्वोइज रिडक्शन अल्गोरिदमको शक्ति उजागर गरेको छ।

यसमा रहेको डायनामिक रेञ्ज र सुदृढ कलर रिप्रडक्शनका कारण भिडियोका हरेक फ्रेम तस्विरकै तुलनामा स्पष्ट र सटिक हुन्छन् । एण्ड्रोइड फोन्समा फोरके एआई एचडीआर नाइट भिडियो सम्भव भएको यो नै पहिलो पटक हो।

मारिसिलिकन एक्सले आफ्नो ब्यवसायिक डेब्यू सन् २०२२ को पहिलो त्रैमासमा फाइन्ड एक्स सिरिज मार्फत गर्नेछ। यसैका साथ स्मार्टफोन प्रयोगकर्ताहरुका लागि शक्तिशाली ईमेजिङ अनुभवको थालनी हुने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १९ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...