सामसङद्वारा विश्वको पहिलो २४० हर्ज फोरके मनिटर अडिसी निओ जी८ को घोषणा

  • Technology Khabar | १९ पुष २०७८, सोमबार
सामसङद्वारा विश्वको पहिलो २४० हर्ज फोरके मनिटर अडिसी निओ जी८ को घोषणा

काठमाडौं ।

सामसङले आइतबार सन् २०२२ का लागि आफ्ना नयाँ तीन ओटा मोडलको मनिटर लाइनअप घोषणा गरेको छ।

यी सबै मनिटरहरु आधिकारिक रुपमा आगामी जनवरीट्ठ ५ देखि ७ सम्म अमेरिकाको लस भेगसमा हुने सीईएस २०२२ समारोहमा घोषणा गरिने भएका छन्।

यीमध्ये पहिलो मोडल अडिसी निओ जी८ हो जसको डिस्प्ले साइज ३२ इन्चको रहेको छ भने यसमा विश्वकै पहिलो २४० हर्ज फोरके प्यानल राखिएको छ।

यसबाहेक यसमा १०००आर कर्भेचर तथा क्वान्टम मिनी एलईडी ब्याकलाइटिङको फिचर पनि रहेको छ।

सामसङको क्वान्टम म्याट्रिक्स तथा क्वान्टम एचडीआर २००० प्रविधिमार्फत् एचडीआर सामग्री हेर्दा २००० निट्ससम्मको ब्राइटनेस पाउन सकिने कम्पनीले जनाएको छ।

यो मनिटरले डुअल एचडीएमआई २.१ सपोर्ट गर्छ भने यसमा एउटा डिस्प्लेपोर्ट १.४ कनेक्शन उपलब्ध छ।

यसमा रहेको अटो सोर्स स्विच+ फिचरले कनेक्टेड डिभाइस अन गर्नेबित्तिकै सामग्रीको स्रोत परिवर्तन गर्छ। यस्तै कोरसिंक फिचरले मनिटरको पछाडि रहेको आरजीबी लाईटिङलाई सामग्री अनुसार व्यवस्थापन गर्ने गर्छ।

प्रकाशित: १९ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार