शियान प्रान्तको लक डाउनले चिप निर्माणमा असर पारेको माइक्रोनको चेतावनी

  • Technology Khabar | १९ पुष २०७८, सोमबार
शियान प्रान्तको लक डाउनले चिप निर्माणमा असर पारेको माइक्रोनको चेतावनी

काठमाडौं ।

चीनको चिप निर्माता कम्पनी माइक्रोनले शियान प्रान्तमा भएको लक डाउनका कारण चिप निर्माणमा असर पार्ने बताएको छ।

यो जानकारी हालै अमेरिकाको मेमोरी चिप भेन्डरले बाहिर ल्याएको हो। लकडाउनले माइक्रोनको विशेष गरी शियान प्रान्तमा रहेको फ्याक्ट्रीको कार्यक्षमतामा असर पुर्याउने कम्पनीको आकलन छ।

माइक्रोनले आफूहरु गत डिसेम्बर २३ मा शियान सरकारले शहरमा गरेको बन्दको नियम अनुसार नै चलेको जानकारी दिँदै यसका कारण फ्याक्ट्रीमा कामदार घटेको बताएको छ। यसले फ्याक्ट्रीको डीआरएएम एसेम्ब्ली तथा त्यसको परीक्षणको कार्यक्षमतामा ह्रास आएको बुझिएको छ।

‘हामीहरु यो क्षेत्रमा काम गरिरहेका र उस्तै समस्या भोगिरहेका आपूर्तिकर्ताहरुसँग मिलेर काम गरिहरेका छाैं’, माइक्रोनले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।

कम्पनीले उक्त समस्यको असर कम गरी काम पुन: सञ्चालन गर्ने सम्बन्धमा आवश्यक समाधानका उपाय खोज्न स्थानीय सरकारी अधिकारीहरुसँग पनि समन्वय गरिरहेको बताएको छ।

माइक्रोनले सह-ठेकेदारहरुलगायत वैश्विक चिप आपूर्ति श्रृङ्खलाशहरुसँग पनि समन्वयलाई निरन्तरता दिइराख्ने र यसबाट डीआरएएम उत्पादनमा प्रभाव परेका उपभोक्तालाई केही राहत हुने अपेक्षा गरेको छ।

प्रकाशित: १९ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार