काठमाडौं ।
चिनियाँ टेक कम्पनी जेडटीईले सन् २०२२ मा आफ्ना सहायक ब्रान्डहरु नुबिया र रेड म्याजिकसँगको साझेदारीलाई निरन्तरता दिने बताएको छ।
हालै नयाँ वर्षको मन्तव्य दिने क्रममा जेडटीई मोबाइल डिभाइसेजका अध्यक्ष नि फेईले कम्पनीले यो वर्ष ४०० पीपीआईयुक्त अन्डर डिस्प्ले क्यामरासहितको अर्को स्मार्टफोन ल्याउने बताएका छन्।
जेडटीईको आम्दानी यो वर्ष कीर्तिमानी ५३.१ अर्ब रहेको थियो। यसबाहेक यो वर्षको पहिलो ६ महिनामा कम्पनीले खुन नाफामा १०० शत प्रतिशत बढोत्तरी गरेको थियो। दूरसञ्चार उपकरण आपूर्तिकर्ता भएकाले कम्पनीको फाइभजी सीपीईको बजार पनि हाल विश्वमै अग्रणी रहेको छ।
नि फेईका अनुसार यो वर्ष अर्थात् २०२२ मा कम्पनीले नुबिया र रेड म्याजिकसहितका सहायक ब्रान्डलाई एकीकृत गरेर स्थानीय बजारमा वर्चस्व कायम राख्ने योजना बनाएको छ।
यसबाहेक कम्पनीले चीनमा दोस्रो र तेस्रो दुवै तहका शहरका आफ्ना अफलाइन स्टोरको सङ्ख्या अझ थप गर्ने भएको छ।
विश्वका अन्य देशमा भने कम्पनीले ती देशका फाइभजी नीतिअनुरुप विभिन्न रणनीतिहरु अवलम्बन गर्ने बताएको छ।
यसबाहेक कम्पनीले आगामी २ देखि ३ वर्षभित्रमा विश्वका उत्कृष्ट ५०० कम्पनीमा पर्ने तथा स्थानीय बजारमा २०० प्रतिशतभन्दा बढी तथा अन्य देशमा ५० प्रतिशतको वृद्धिदर कायम राख्ने लक्ष्य पनि लिएको छ।
प्रकाशित: १९ पुष २०७८, सोमबार