काठमाडौं ।
विभिन्न आविश्कारका कामहरु गर्दै आएको राष्ट्रिय आविष्कार केन्द्रले अब हाई टेक क्लासरूम बनाइरहेको छ। केन्द्रले उच्च प्रविधि युक्त कक्षा कोठा निर्माणको काम लगभग अन्तिम चरणमा पुर्याएको छ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले हाई टेक क्लासरूमको अवधारणा र त्यसको काम लगभग सकिने लागेको जानकारी दिए।
‘यसलाई प्रभावकारी रुपमा विकास, परीक्षण र विस्तार गर्नको लागि बिज्ञहरुको आइडिया र थप अनुसन्धानहरु गर्नु पर्छ,’ उनले फेसबुकमा त्यसबारे जानकारी पोष्ट गर्दै भनेका छन।’
बजारमा उपलब्ध हुने विभिन्न किसिमका प्रविधिहरु ल्याएर पठन पाठनको लागि परीक्षण गर्न, पढाउनको लागि चाहिने शैक्षिक विषय वस्तुहरुको विकास गर्न र शिक्षण र सिकाइको व्यवस्थापन गर्ने सिस्टमको विकास गर्न कुराहरुको अनुसन्धान र विकास केन्द्रमा गरिने उनी बताउँछन् ।
हालका लागि यो कक्षा कोठा एउटा नमुनाको रुपमा तयार गरिँदैछ । विद्यालयहरु र स्थानीय सरकारहरुले पनि यस्तै किसिमको कक्षा कोठा आफ्नो क्षेत्रमा निर्माण गर्न सक्ने पुनको भनाइ छ।
यस कक्षा कोठाको आन्तरिक सजावट गर्न र फर्निचर सहित केहि सामानहरु किन्न इजरायली दुतावासले स्वईच्छाले नै सहयोग गरेको केन्द्रले उल्लेख गरेको छ।
प्रकाशित: १८ पुष २०७८, आईतवार