नोकिया जी५० मा एन्ड्रोइड १२ उपलब्ध

  • Technology Khabar | १८ पुष २०७८, आईतवार

काठमाडौं ।

एचएमडी ग्लोबले आफ्नो जी५० स्मार्टफोनमा एन्ड्रोइड १२ अपडेट उपलब्ध गराउने भएको छ।

कम्पनीले यसअघि आफ्ना एक्स१० तथा एक्स२० मा यो अपडेट उपलब्ध गराइसकेको भए पनि यो मोडलमा भने अब उपलब्ध गराउने भएको हो।

जी५० मा एन्ड्रोइड १२ अपडेट उपलब्ध हुने तथ्य बाहिर आए पनि कम्पनीले भने आधिकारिक घोषणा गरिनसकेकोले शुरुमा कुन देशबाट अपडेटको थालनी हुने भन्ने यकिन भएको छैन।

तर थुप्रै रिपोर्टहरुलाई आधार मान्ने हो भने फिनल्यान्ड तथा यूरोपेली देशमा नोकिया जी५० मा एन्ड्रोइड १२ अपडेट भइसकेको छ।

उक्त तथ्यका आधारमा नोकिया जी५० मा एन्ड्रोइड १२ अपडेटका लागि २.०९ जीबीको फाइल डाउनलोड गर्नुपर्ने हुन्छ। साथै यसको भर्सन नम्बर भी२.१६० रहेको छ भने यो २०२१ नोभेम्बर सेक्युरिटी प्याचसहित उपलब्ध हुनेछ।

प्रकाशित: १८ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया