स्मार्ट टेलिकमको “नयाँ वर्ष २०२२ मा डबल खुसी” योजना, एउटै मूल्यमा दोब्बर डाटा निःशुल्क

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
स्मार्ट टेलिकमको “नयाँ वर्ष २०२२ मा डबल खुसी” योजना, एउटै मूल्यमा दोब्बर डाटा निःशुल्क

काठमाडौं ।

स्मार्ट टेलिकम, नेपालको सबैभन्दा ठूलो जीबी प्लान प्रदान गर्ने एक मात्र टेलिकमले अंग्रेजी नयाँ वर्षमा आफ्ना ग्राहकवर्गहरुलाई उत्सव र उत्साहको यो मौकामा खुसीलाई अझै दोब्बर बनाउन अर्को आकर्षक योजना “नयाँ वर्ष २०२२ मा डबल खुसी” लिएर आएको छ।

चाडपर्वको समयमा ग्राहकको बढ्दो दैनिक डाटा आवश्यकतालाई ध्यानमा राख्दै स्मार्ट टेलिकमले नयाँ वर्षको उपलक्ष्यममा यो योजना सार्वजनिक गरेको हो । यस योजनामा ग्राहकले स्मार्ट सेलका डाटा प्याक खरिद गर्दा दोब्बर खुसी प्राप्त गर्न सक्नुहुने बताईएको छ।

यस योजना अन्तर्गत, डाटा प्रयोगकर्ताहरूले ग्रेटेस्ट जीबी प्याक, २०० एमबी दैनिक डाटा र मासिक २जीबी डाटा प्याक खरिद गर्दा “Buy One Get One Free” योजना अन्तर्गत एउटै मूल्यमा समान अवधिका लागि दोब्बर डाटा निःशुल्क पाउन सक्नुहुने छ।

प्रयोगकर्ताहरुको अनुभवलाई सहज एवं बढावा दिने हाम्रो प्रतिबद्धतालाई कायम राख्दै, स्मार्ट टेलिकमले दैनिक जीवनलाई सहज बनाउने यस्ता विभिन्न किसिमका रोमाञ्चक अफर तथा योजनाहरू विगतमा जस्तै ल्याउदै आउनुका साथै स्मार्ट प्रयोगकर्ताहरूसँगको सम्बन्धलाई थप बलियो बनाउन सधैं प्रतिबद्ध रहेको छ।

प्रयोगकर्ताहरूले *१४१*३# वा ४२४२/९६११००४२४२ डायल गर्न वा कम्पनीको फेसबुक पेज तथा वेबसाइटबाट थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार