माओवादीको महाधिवेशनबाट ल्याटप र प्रिन्टर चोरी

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
माओवादीको महाधिवेशनबाट ल्याटप र प्रिन्टर चोरी

काठमाडौं ।

काठमाडौंमा जारी नेकपा माओवादीको महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनस्थलको मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएको हो। यस्ता सामग्री हराएपछि पार्टीका कार्यकर्ता र अन्य अपरिचित व्यक्तिलाई मिडिया सेन्टर प्रवेशमा कडाई गरिएको छ।

मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएको माओवादीका प्रचार विभाग सचिव गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार फोटो पत्रकारबाहेक अन्य पत्रकारलाई समेत मिडिया सेन्टरमा प्रवेश गर्न रोक लगाइएको छ।

‘सामान चोरिएको पाइएपछि मिडिया सेन्टरमा अन्य पत्रकारलाई साँझ ५ बजेपछि मात्रै प्रवेश दिनेछौ’, आचार्यले भने।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार