मनोवैज्ञानिक पीडा दिएको भन्दै मोडरेटरद्वारा टिकटकविरुद्ध मुद्दा

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
मनोवैज्ञानिक पीडा दिएको भन्दै मोडरेटरद्वारा टिकटकविरुद्ध मुद्दा

काठमाडौं ।

पीडाजन्य भिडियो सामग्री हेरेर आफ्नो मानसिक स्वास्थ्य बिग्रिएको भन्दै टिकटककी एक पूर्व मोडरेटरले कम्पनीविरुद्ध मुद्दा दायर गरेकी छिन्।

क्यन्डी फ्रेजियर नामकी ती उजुरीकर्ताले आफूले टिकटकमा लगातार दैनिक १२ घण्टा अत्यधिक ग्राफिक्स हिंसायुक्त भिडियोको समीक्षा गरेको बताएकी छिन्।

यस्तो गर्ने क्रममा आफू चिन्ता, डिप्रेसन तथा पोस्ट ट्रमाटिक स्ट्रिस डिस्अर्डर जस्ता मनोवैज्ञानिक पीडाबाट ग्रसित भएको उनको भनाइ छ।

यस सम्बन्धमा टिकटकले भने आफूहरुले स्वस्थ कार्यस्थललाई प्रबर्द्धन गर्ने गरेको बताएको छ।

गत सेप्टेम्बरमा टिकटकले उसको एप प्रतिमहिना १ अर्बले प्रयोग गर्ने गरेको घोषणा गरेको छ। आईटी सेक्युरिटी कम्पनी क्लाउडफ्लेयरका अनुसार अहिले भने यसको दैनिक हिट गुगलको भन्दा पनि बढी रहेको छ।

आफ्ना यूजरहरुको सुरक्षाका लागि टिकटकले नियम उल्लङ्घन गर्ने भिडियो तथा एकाउन्टको निगरानीका लागि हजारै इन हाउस तथा करारमा नियुक्त गरिएका सामग्री मोडरेटरहरुको व्यवस्था गरेको छ।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार