प्राविधिक समस्या देखिएपछि टेस्लाले अमेरिकामा ४ लाख ७५ हजार कार रिकल गर्ने

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
प्राविधिक समस्या देखिएपछि टेस्लाले अमेरिकामा ४ लाख ७५ हजार कार रिकल गर्ने

काठमाडौं ।

टेस्लाले अमेरिकामा करिब ४ लाख ७५ हजार कार रिकल गर्ने भएको छ। यो जानकारी कम्पनीले अमेरिकाको सुरक्षा नियामकको कार्यालयमा दर्ता गरेको दस्तावेजहरुबाट आएको हो।

कम्पनीले २०१७ देखि २०२० सम्म बनेका मोडल ३ कारको रियर भ्यू क्यामरामा रहेका सम्भावित समस्याका कारण ३ लाख ५६ हजार ३०९ ओटा कार फिर्ता बोलाउन लागिएको जनाएको छ।

त्यसबाहेक १ लाख १९ हजार ९ ओटा भने मोडल एस गाडीहरु रहेको र तिनीहरुमा अगाडिको ट्रंक वा बूटमा समस्या देखिएको बताइएको छ।

यसरी रिकल गर्न लागिएको कारको समग्र सङ्ख्या टेस्लाले गत वर्ष डेलिभर गरेका ५ लाख हाराहरी रहेको कम्पनीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।

यसै महिना बुझाइएको एउटा सुरक्षा प्रतिवेदनमा रिकल गरिएका मोडल ३एसको १ प्रतिशतमा पछाडिको क्यामरामा समस्या रहेको उल्लेख छ।

ट्रंकको बिर्को घरीघरी खोल्दै लाउँदै गर्दा पछाडिको क्यामराको तारलाई असर पार्ने टेस्लाले नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनलाई गत २१ डिसेम्बरमा बुझाएको सुरक्षा प्रतिवेदनमा उल्लेख भएको बीबीसीले जनाएको छ।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung hints at a new AI-Driven smartphone experience

  • १६ पुष २०७८, शुक्रबार

China successfully launches reusable experimental spacecraft

  • १६ पुष २०७८, शुक्रबार

EU warns Meta it must open up WhatsApp to rival AI chatbots

  • १६ पुष २०७८, शुक्रबार