
काठमाडौं ।
चीनले सन् २०२५ भित्रमा ग्लोबल इनोभेशन हब बन्ने महत्वाकांक्षासहित पञ्चवर्षीय योजना अगाडि सारेको छ।
यसका लागि उसले सर्भोमोटर तथा कन्ट्रोल प्यानलजस्ता मुख्य घटकहरु बढाउनेमा केन्द्रित हुने बुझिएको छ।
पाँच वर्षको रोडम्याप सार्वजनिक गर्ने क्रममा चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार उक्त परियोजनाका लागि राज्यको रोबोटिक्स उद्योगबाट सञ्चालन खर्च २०२१ देखि २०२५ सम्म औसतमा २० प्रतिशतसम्म बढ्ने बताएको छ।
यो क्षेत्रको औसत वार्षिक वृद्धि दर सन् २०१६ देखि २०२० सम्म १५ प्रतिशतले बढेको थियो भने सञ्चालन खर्च गत वर्ष पहिलो पटक १० खर्ब यूआन अर्थात् १५.६९ अर्ब डलर नाघेको थियो।
मन्त्रालयका अनुसार चीनको रोबोट निर्माणको घनत्व गत वर्ष प्रति १० हजार जनामा २४६ इकाइ रहेको थियो जुन वैश्विक औसतको दोब्बर आँकडा हो।
अहिले भने चीनले यो आँकडालाई २०२५ सम्ममा दोब्बर बनाउने नीति लिएको मन्त्रालयका एक प्रवक्ता वाङ वेमिङले बताए।
चीन सरकारले हाइ-इन्ड रोबोटहरुलाई अटोमोबाइल, एरोस्पेस, रेलवे, लजिस्टिक तथा खानी लगायतका क्षेत्रमा परिचालन गर्ने योजना बनाएको छ।
प्रकाशित: १६ पुष २०७८, शुक्रबार