
काठमाडौं ।
स्विडेनी ब्याट्री निर्माता नर्थभोल्टले आफ्नो पहिलो लिथियम-आयन ब्याट्री सेल स्केलेफ्टियामा रहेको आफ्नो कारखानामा उत्पादन गरेको घोषणा गरेको छ। सन् २०२१ को अन्त्य हुनु अघि प्लान्टमा उत्पादन सुरु गर्ने यसको समयसीमा पूरा गर्दै उत्पादन शुरु भएको बताएको हो।
नर्थभोल्ट, गत जुनमा लगानीकर्ताहरूका लागि १२ अर्ब डलरको मूल्यवान कम्पनी थियो । यसले आफ्नो प्रकारको पहिलो ब्याट्री भएको बताएको छ जुन पूर्णरूपमा नयाँ डिजाइन गरिएको, विकास गरिएको र एक स्वदेशी युरोपेली ब्याट्री कम्पनीद्वारा गिगाफ्याक्ट्रीमा एसेम्बल गरिएको छ।
गिगाफ्याक्ट्रीलाई ठूलो ब्याट्री प्लान्टको रूपमा वर्गीकृत गर्न सकिन्छ जहाँ वार्षिक उत्पादन गिगावाट प्रति घण्टामा मापन गरिन्छ। स्केलेफ्टियामामा रहेको नर्थभोल्ट एट फ्यासिलिटीमा ६० गिगावाट प्रति घण्टाको वार्षिक उत्पादन हुने अपेक्षा गरिएको छ।
‘ब्याट्री सेल मंगलबार गिगाफ्याक्ट्रीमा उत्पादन लाइनबाट बाहिर आयो,’ नर्थभोल्टले भनेको छ ।
‘निस्सन्देह, यो पहिलो सेल सुरुवात मात्र हो,’ पीटर कार्लसन, सह संस्थापक तथा नर्थभोल्टका सीईओले एक विज्ञप्तीमा भने। ‘आगामी वर्षहरूमा, हामी नर्थभोल्ट एटले सफा ऊर्जामा युरोपेली संक्रमणलाई सक्षम बनाउन यसको उत्पादन क्षमतालाई ठूलो मात्रामा विस्तार गर्ने अपेक्षा गर्दछौं।’
विश्वको अधिकांश इलेक्ट्रिक कार ब्याट्रीहरू हाल अमेरिका र एसियामा बनेका छन्, तर नर्थभोल्टले यसलाई परिवर्तन गर्ने आशा राखेको छ।
६ वर्षभन्दा कम उमेरको भए पनि, नर्थभोल्टले कार निर्माताहरू बिएमडब्लू, फक्सवागन, भोल्भो र पोलस्टार लगायतका ग्राहकहरूसँग ३० अर्ब डलरभन्दा बढीको सम्झौतामा हस्ताक्षर गरेको छ।
सो फ्याक्ट्रीबाट सन् २०२२ को शुरुवातदेखि व्यवसायीक उत्पादन शुरु हुनेछ र आगामी दिनमा वार्षिक १० लाख कारहरुलाई ब्याट्री उपलब्ध गराउन सक्षम हुनेछ। एजेन्सीका साथ
प्रकाशित: १६ पुष २०७८, शुक्रबार