
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को कार्तिक मसान्तसम्मको एमआईएस प्रतिवेदन हालै सार्वजनिक गरेको छ।
प्रतिवेदनमा नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ५१ प्रदायकहरुको नाम र अद्यावधिक ग्राहक सङ्ख्या दिइएको छ।
तिनै आँकडा अनुसार असोज महिनामा कुन कुन इन्टरनेट सेवा प्रदायक ग्राहक उत्कृष्ट १० मा परे त? हेर्नुहोस् विस्तृतमा:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ५, ५०, ५७९
| असोज मसान्त – ५, ४२, ७५८ | कार्तिक मसान्त – ५, ५०, ५७९ | वृद्धि – ७, ८२१ |
२०७८ असोज मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ५ लाख ४२ हजार ७५८ रहेकोमा कार्तिक मसान्तसम्म आइपुग्दा ७ हजार ८२१ ले बढेर ५ लाख ५० हजार ५७९ मा पुगेको छ।
२. सुविसु केबलनेट प्रालि २, ४३, ७३३
| असोज मसान्त- २,३७, ०६३ | कार्तिक मसान्त – २, ४३, ७३३ | वृद्धि – ६, ६७० |
सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या २ लाख ४३ हजार ७३३ पुगेको छन्। यो सङ्ख्या असोज मसान्तसम्म २ लाख ३७ हजार ०६३ रहेको थियो।
यस हिसाबले हेर्दा एक महिनामा सुबिसुले एक महिनामा ६ हजार ६७० ग्राहक थपेर दोस्रो स्थानमै रहन सफल भएको देखिन्छ।
३. क्लासिकटेक प्रालि – १, ८८, ३०३
| असोज मसान्त – १, ८१, ३६८ | कार्तिक मसान्त – १, ८८, ३०३ | वृद्धि – ६, ९३५ |
उत्कृष्ट १० को सूचीमा अघिल्लो महिना पनि तेस्रो नम्बरमै रहेको क्लासिकटेक प्रालिको असोज महिनासम्मको कुल ग्राहक सङ्ख्या १ लाख ८१ हजार ३६८ रहेको थियो।
कार्तिक मसान्तसम्मको एक महिनाको अवधिमा ६ हजार ९३५ वृद्धि भएर १ लाख ८८ हजार ३०३ पुगेको छ।
४.भायानेट प्रालि – १, ५५, ७३३
| असोज मसान्त – १, ६३, ४२१ | कार्तिक मसान्त – १, ५५, ७३३ | कमी – ७, ६८८ |
१ लाख ६३ हजार ४२१ ग्राहक सङ्ख्यासहित असोजमा चाैथो नम्बरमै रहेको भायानेट प्रालि एक महिनाको अवधिमा ७ हजार ६८८ ग्राहक गुमाउँदै कार्तिक मसान्तसम्म १ लाख ५५ हजार ७३३ मा झरेको छ।
५. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि ७४, ०४२
| असोज मसान्त – ७४, ०४२ | कार्तिक मसान्त – ७४, ०४२ | अन्तर – यथावत |
कुल ग्राहक सङ्ख्या ७४ हजार ४२ रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि सूचीको पाँचाैं नम्बरमा पछिल्ला ४ महिनायता यथावत् छ।
उसका ७४ हजार ४२ मध्ये २ हजार ७९१ जना वायरलेसका तथा बाँकी ७१, २५१ जना फाइबरका ग्राहक रहेका छन्। वेबसर्फरका केबल सेवा लिने ग्राहक छैनन्।
६. टेकमाइण्ड्स नेटवर्क प्रालि ६९, ९१३
| असोज मसान्त – ६९, ९१३ | कार्तिक मसान्त – ६९, ९१३ | अन्तर – यथावत् |
चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि कुल ६९ हजार ९१३ ग्राहकसहित छैटाैं नम्बरमा यथावत् रहेको छ।
यो सङ्ख्यामा अघिल्लो महिना अर्थात् असोन मसान्तको तुलनामा कुनै घटबढ छैन।
७. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ५२, २९३
| असोज मसान्त – ४६, २१८ | कार्तिक मसान्त – ५२, २९३ | वृद्धि – ६, ०७५ |
उत्कृष्ट १० को साताैं नम्बरमा यथावत् रहेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ५२ हजार २९३ जना ग्राहक रहेका छन्। ब्रोडलिंकका पनि केबलमार्फत् सेवा लिने ग्राहक छैनन्। यो संख्या अघिल्लो महिनाको तुलनामा ६ हजार ७५ ले बढी हो।
८. डिश मिडिया नेटर्क ३८, ७७४
| असोज मसान्त – ३४, ४७४ | कार्तिक मसान्त – ३८, ७७४ | वृद्धि – ४, ३०० |
सूचीको आठाैं नम्बरमा यथावत् रहेको डिश मिडिया नेटवर्कको कुल ग्राहक सङ्ख्या अघिल्लो महिनाको तुलनामा उल्लेख्य बढेर ३८ हजार ७७४ पुगेको छ।
असोज मसान्तसम्म भने यो संख्या ३४ हजार ४७४ रहेकोमा १ महिनाको अवधिमा ४ हजार ३०० ग्राहक वृद्धि गर्दै डिश मिडिया नेटवर्कले यो आँकडा ३८ हजार ७७४ मा पुर्याएको हो।
९. कनेक्ट नेपाल नेटवर्क – १८, ५७०
| असोज मसान्त – १८, ५७० | कार्तिक मसान्त – १८, ५७० | अन्तर – यथावत् |
सूचीको नवाैं नम्बरमा यथावत् रहेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या १८ हजार ५७० रहेको छ।
यो सङ्ख्यामा अघिल्ला महिनाको तुलनामा कुनै उतारचढाव आएको छैन।
यीमध्ये कनेक्ट नेपाल नेटवर्कले ६० जनालाई वायरलेस सेवा प्रदान गरिरहेको छ भने बाँकी १८, ५१० जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ।
१०. एरोनेट प्रालि १६, ५६२
| असोज मसान्त – १६, ३६५ | कार्तिक मसान्त – १६, ५६२ | वृद्धि – १९७ |
असोज महिनासम्ममा जम्मा ग्राहक सङ्ख्या १६ हजार ३६५ पुर्याएर सूचीको दशाैं नम्बरमा रहेको एरोनेट प्रालि कार्तिक मसान्तमा १९७ ग्राहक संख्या थपेर दशाैं स्थानमै यथावत् रहेको छ।
*यो सूची नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको २०७८ कार्तिक मसान्तसम्मको एमआईएस तथ्याङ्कमा आधारित छ।
प्रकाशित: १६ पुष २०७८, शुक्रबार