काठमाडौं ।
एपिक गेम्सको ब्याटल रोयल गेम फोर्टनाइटको सर्भर बुधबार पाँच घन्टासम्म अवरुद्ध भएको छ।
कम्पनीले आफ्नो स्टाटस पेजमा यस्तो ट्वीट राखेको छ, ‘फोर्टनाइट हालका लागि उपलब्ध छैन र प्लेयरहरुले लग इन गर्न सकिरहेका छैनन्। हामीहरु यो समस्याको जाँच गरिरहेका छाैं। यो सेवा पुन: सञ्चालनमा ल्याएपछि हामी सबैलाई जानकारी गराउनेछाैं।’
Fortnite is currently unavailable and players are unable to log-in while we investigate an issue.
We'll provide more info when we have a solution to bring services back online. pic.twitter.com/B3wXvu5SL6
— Fortnite Status (@FortniteStatus) December 29, 2021
उक्त टिमले बुधबार नै राति ३:१० ईटीमा अर्को ट्वीट गर्दै फोर्टनाइटलाई पुन: सञ्चालनमा ल्याउन प्रयासरत रहेको र त्यतिन्जेल धैर्य गरिदिन आग्रह गरेको थियो।
त्यसपछि बेलुका ६:३० बजे ईटीमा प्लेयरहरुले गेम पुन सञ्चालनमा आएको बताएको र कम्पनीले त्यसलाई पुष्टि गरेको ट्वीट गरेको थियो।
पछि फोर्टनाइटले ट्विटरमा गेम पुन: सञ्चालनमा आएको पुष्टि गर्दै अर्को हप्ता नयाँ वर्ष लागेपछि आफूहरुले उक्च सर्भर डाउनको समयमा प्लेयरहरुले गुमाएका कुराहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर जानकारी दिने बताएको थियो।
We're aware players are having difficulty redeeming the free Blizabelle outfit and will provide an update when this is resolved. pic.twitter.com/fTMVuYn9kj
— Fortnite Status (@FortniteStatus) December 16, 2021
प्रकाशित: १५ पुष २०७८, बिहीबार