
काठमाडौं ।
कुमारी बैंकले आफ्नो सिस्टम ह्याक गरिदिने धम्कीसहितको ईमेल पाएको छ।
कुमारी बैंकले अज्ञात समूहबाट यस्तो ईमल आएपछि राष्ट्र बैंकलाई जानकारी गराइसकेको छ। राष्ट्र बैंकले सिस्टम निरिक्षण गर्न साथै आफू मातहतका बैंक तथा वित्तीय संस्थालाई पनि सचेत रहन आग्रह गरेको छ।
बैंकका अनुसार उक्त ईमेल साउदी ग्रुप अफ कम्पनीको नामबाट आएको र प्रणाली ह्याक गरेर पैसा लैजाने ब्यहोरा उल्लेख गरिएको बताएको छ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार बैंकबाट ईमेलका बारेमा खबर आएपछि सिस्टम बुझ्न लगाउँदा सिस्टम ठिक रहेको खबर आएको छ।
“हामीलाई बैंकले सिस्टम ठिक छ भनेर जानकारी दिएको छ,” उनले टेक्नोलोजीखबरसँग भने।
बैंकका अनुसार बैंकिङ प्रणालीमा कुनै समस्या देखिएको छैन।
यसरी बैंकको सिस्टम ह्याक गर्ने धम्की आएको यो पहिलो पटक भने होइन्। यसअघि गत साउन महिनामा राष्ट्र बैंकलगायत अन्य बैंकको सिस्टम ह्याक गर्ने धम्की आएको थियो।
यो समाचार पनि हेर्नुहोस्-
राष्ट्र बैंकसहित नेपालका १५ वटा बैंकका सिस्टम ह्याक गर्ने चेतावनी सहितको फोन र इमेल
प्रकाशित: १५ पुष २०७८, बिहीबार