वैज्ञानिकहरुद्वारा एक सयभन्दा बढी आफैं तैरिइरहेका ग्रहहरुको सबैभन्दा ठूलो समूह फेला

  • Technology Khabar | १५ पुष २०७८, बिहीबार
वैज्ञानिकहरुद्वारा एक सयभन्दा बढी आफैं तैरिइरहेका ग्रहहरुको सबैभन्दा ठूलो समूह फेला

काठमाडौं ।

वैज्ञानिकहरुले १०० भन्दा बढी आफैं तैरिइरहेका ग्रहहरुको सबैभन्दा ठूलो समूह पत्ता लगाएका छन्।

सामान्यतया: रोग प्लानेटका नामले चिनिने यी ग्रहहरु ताराहरुका वरिपरि घुम्ने अन्य ग्रहहरुभन्दा फरक हुने र ताराहरुको प्रणालीबाट उछिट्टिएर आफैं तारापुञ्जहरुमा तैरिरहने ग्रहहरु हुन्। यस्ता ग्रहहरुले सदियाैंदेखि वैज्ञानिकहरुलाई आश्चर्यचकित बनाउँदै आएका छन्।

हालै खगोलविदहरुले एउटा तारा निर्माण हुने क्षेत्रमा १०० भन्दा बढी यस्ता ग्रहहरु भेटेका हुन्। यी लगभग १०० ओटा आफैं तैरने ग्रहहरुको समूह हालसम्म यस्ता ग्रहहरुका बारेमा पत्ता लागेका नमूनाको दोब्बर सङ्ख्यामा रहेको बताइएको छ।

एक दशकअघि नासाको केप्लर अन्तरिक्ष टेलिस्कोपले यस्ता आफैं तैरने ग्रहहरु भेटेका र त्यसले ग्रहहरुमा आउने परिवर्तन र फरकपनाको बारेमा कोतुहल उत्पन्न गरेको थियो।

हालको अध्ययनमा २० वर्षदेखि पृथ्वी र अन्तरिक्षमा राखिएका टेलिस्कोपमार्फत् पत्ता लागेका तथ्यहरुलाई प्रयोग गरिएको थियो। जसमा ८० हजारभन्दा बढी वाइड-फिल्ड तस्बिरहरु समावेश थिए।

वैज्ञानिकहरुले यसका लागि माइक्रोलेन्सिङ तथा डाइरेक्ट इमेजिङका आदि प्रविधिको प्रयोग गरेका थिए। यो अध्ययनमा यूरोपियन साउदर्न अब्जरभेटरी ईएसओ, भिजिबल एन्ड इन्फ्रारेड सर्भे टेलिस्कोप फर एस्ट्रोनोमी भिस्टा, भीएलटी सर्भे टेलिस्कफि भीएसटी र चिलीमा रहेको एमपीजी/ईएसओ २.२ टेलिस्कोपहरुको उपयोग गरिएको थियो।

यो अध्ययनको प्रतिवेदन नेचर एस्ट्रोनोमी जर्नलमा गत डिसेम्बर २२ मा प्रकाशित भएको थियो।

प्रकाशित: १५ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Veel Announces Nepal Pilot to Empower Creator Economy

  • Technology Khabar
  • १५ पुष २०७८, बिहीबार