बिट्सद्वारा चिनियाँ बाघ वर्षका लागि लिमिटेड एडिशन स्टुडियो बड्स अनावरण

  • Technology Khabar | १५ पुष २०७८, बिहीबार
बिट्सद्वारा चिनियाँ बाघ वर्षका लागि लिमिटेड एडिशन स्टुडियो बड्स अनावरण

काठमाडौं ।

बिट्स बाइ डा. ड्रे ले चीनमा सन् २०२२ बाघ वर्षका रुपमा मनाउनका लागि आफ्नो लिमिटेड एडिशन बिट्स स्टुडियो बड्स इयरबडको घोषणा गरेको छ।

उक्त नयाँ तथा लिमिटेड एडिशन मोडल यसअघिको स्ट्यान्डर्ड मोडलभन्दा केही फरक देखिनेछ। यो रातो रंगमा आउने र यसको बडी तथा प्याकेजिङ केशमा बीचबीचमा सुनोलो रंगको बाघका पाटाहरु रहनेछन्।

यसबाहेक यिनीहरु झट्ट हेर्दा स्ट्यान्डर्ड बिट्स स्टुडियो बड्सजस्तै देखिन्छन् जुन पूर्ण रुपमा ट्रू वायरलेस इयरबड हुन् र यिनिहरुमा न्वाइज क्यान्सिलेशन तथा ८ घण्टाको ब्याकअपजस्ता फिचर रहेका छन्।

अन्य रंगमा आउने यही स्पेसिफिकेशन भएको टीडब्लूएस हेडफोन भने १ हजार ९९ आरएमबीमा उपलब्ध हुने पनि बुझिएको छ।

यो लिमिटेड एडिशन स्टुडियो बड्स चीनमा मात्र उपलब्ध हुने र आगामी जनवरी १ देखि बिक्री शुरु हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १५ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...