
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले रेडमी ११एस ल्याउने पक्का भएको छ।
कम्पनीले यसअघि रेडमी ११टी ल्याइसकेकोमा अब भने सोही लाइनअपमा रेडमी ११एस ल्याउने भएको हो।
आउँदै गरेको उक्त डिभाइसको मोडल नम्बर २२०१११७एसजी रहेको सिंगापुरको एनबीटीसी, भारतको बीआइएस तथा यूरेसियन इकोनोमिक एरिया ईईसी लगायत विभिन्न वेबसाइटमा प्रकाशित भएको छ।
यो मोडलको डिभाइस कम्तीमा पनि ४ भेरियन्टको हुने र यिनीहरु फरक फरक क्यारियरका लागि निर्माण हुने बुझिएको छ।
यसबाहेक यो डिभाइसमा थुप्रै स्टोरेज आउने पनि अपेक्षा गरिएको छ।
यि विभिन्न वेबसाइटमा यसका बारेमा सूचीकृत गरिएको भए पनि अन्य विस्तृत विवरण र स्पेसिफिकेशन, सार्वजनिक हुने मिति तथा मूल्यका बारेमा भने केही उल्लेख गरिएको छैन।
रेडमी नोट १०एस विश्व बजारमा गत मार्चमा आएको थियो भने यसको उत्तराधिकारी नोट ११एस त्योभन्दा छिट्टै आउने भएको हो।
प्रकाशित: १५ पुष २०७८, बिहीबार