
काठमाडौं ।
नेपालमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवा चलाउनेको संख्या ८९ लाख ६६ हजार ५६४ पुगेको छ।
यो सङ्ख्या वायर्ड र वायरलेस फिक्स्ड ब्रोडब्यान्ड प्रयोग गर्नेको समग्र आँकडा हो।
हालै नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कार्तिक महिनासम्मको तथ्यांकअनुसार यो आँकडा आएको हो।
यो समग्र संख्यामा फिक्स्ड ब्रोडब्यान्डको वायर्डतर्फका एडीएसएल सेवा प्रयोगकर्ताहरुको संख्या ६ लाख ७६ हजार ११९, एफटीटीएचका ९० लाख ७८ हजार ५७७ तथा इन्टरनेट लिज लाइनका १ हजार २०२ रहेका छन्।
यस्तै वायरलेसतर्फ रेडियो वाइफाइका १ लाख २० हजार ६३ तथा वाइम्याक्सका ९० हजार ६०३ पनि समावेश छन्।
सार्वजनिक भएको तथ्याङ्क अनुसार एडीएसएलका समग्र ६ लाख ७६ हजार ११९ जना नेपाल टेलिकमका रहेका छन्।
यस्तै केबल/एफटीटीएचतर्फको ८० लाख ७८ हजार ५७७ मा भने नेपाल टेलिकमका ७ लाख ४० हजार १७९ तथा इन्टरनेट सेवा प्रदायक आईएसपीहरुका ७३ लाख ३८ हजार ३९८ रहेका छन्।
फिक्स्ड ब्रोडब्यान्डको समग्र वायरलेसतर्फ रेडियो वाइफाइको १ लाख २० हजार ६३ सबै आईएसपीहरुका तथा वाईम्याक्स ९० हजार ६०३ रहेका तथ्याङ्कमा उल्लेख छ।
एफटीटीएचतर्फ एक महिनामै बढे २ लाख ३८ हजारभन्दा धेरै
तथ्याङ्क अनुसार फिक्सड वायर्डतर्फ केबल/एफटीटीएचका ग्राहक कार्तिक महिनामा २ लाख ३८ हजार ४२ थपिएका छन्।
केबल/एफटीटीएचका ग्राहकअसोज महिनामा ७८ लाख ४० हजार ५३५ रहेकामा कार्तिक मसान्तसम्म आइपुग्दा ८० लाख ७८ हजार ५७७ पुगेका छन्।
प्रकाशित: १५ पुष २०७८, बिहीबार