सानिमा बैंकले ल्यायो नयाँ वर्ष योजना, इ-बैकिङ्गमार्फत कारोबार गरी पुरस्कार जित्न सक्ने

  • Technology Khabar | १४ पुष २०७८, बुधबार
सानिमा बैंकले ल्यायो नयाँ वर्ष योजना, इ-बैकिङ्गमार्फत कारोबार गरी पुरस्कार जित्न सक्ने

काठमाडौं ।

नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि “सानिमा सजिलो इ-बैकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको छ।

योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ-बैकिङ्गमार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार मोबाइल एप निर्माता एफवान सफ्टसँगको सहकार्यमा संचालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्ने छन्।

त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन रु १०० क्यासब्याक पनि प्राप्त गर्न सक्ने छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो इ–बैकिङ्ग प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्ने बताईएको छ।

यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुने बैंकले जनाएको छ।

प्रकाशित: १४ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...