
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन सिरिज सार्वजनिक गरेको छ।
उक्त सिरिजमा शाओमी १२, १२ एक्स तथा १२ प्रो रहेका छन्। मंगलबार २८ डिसेम्बरका दिन कम्पनीले चीनमा आयोजिक एक इभेन्टका बीच क्वालकम स्न्यापड्रागन ८ जेन१ प्रोसेसरयुक्त आफ्नो पहिलो फोन सार्वजनिक गरेको हो। यसको प्रतिस्पर्धा सिधै आईफोन १३ सिरिजसँग हुने बुझिएको छ।
शाओमी १२
यो फ्ल्यागशिप फोनमा ६.२८ इन्चको १२० हर्ज रिफ्रेश रेट भएको एमोलेड डिस्प्ले दिइएको छ। यसको डिस्प्लेमा कर्भ्ड डिजाइन, बीच भागमा रहेको पन्च-होल क्यामरा तथा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्स दिइएको छो। फोनको डिस्प्लेमा सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास भिक्टस राखिएको छ।
यसको डिस्प्लेले पहिलोपटक डिस्प्लेमेट ए+ को १५ रेकर्ड तोडेको कम्पनीको दावी छ।
यो डिभाइसमा क्वालकम स्न्यापड्रागन ८ जेन१ चिपसेट रहनेछ भने १२ जीबीसम्मको एलपीडीडीआर५ र्याम राखिएको छ। यसबाहेक २५६ जीबीसम्मको यूएफएस ३.१ आन्तरिक स्टोरेजको पनि व्यवस्था रहेको छ।
पावरका लागि यो फोनमा कम्पनीले ४५०० एमएएचको ब्याट्री, ६७ वाट फास्ट वायर्ड चार्जिङ, ५० वाट वायरलेस चार्जिङ तथा १० वाट रिभर्स वायरलेस चार्जिङ फिचर दिइएको छ।
यो स्मार्टफोनले एन्ड्रोइड १२ मा आधारित एमआईयूआई १३ अपरेटिङ सिस्टममा काम गर्छ। साथै फोनमा डल्बी एटमस तथा डल्बी भिजनका साथमा हर्मन कार्डन स्पीकर पनि राखिएको छ।
१२ एक्स
यसमा ६.२८ इन्चको एमोलेड स्क्रीन तथा क्वालकम स्न्यापड्रागन ८७० प्रोसेसर रहनेछ भने यसमा ६७ वाटको फास्ट चार्जिङ तथा एमआईयूआई १३ उपलब्ध हुनेछ। फोटोका लागि ५० मेगापिक्सेलको मुख्य क्यामरा दिइएको छ। बाँकी फिचर भने शामओमी १२ को जस्तै रहेका छन्।
मूल्य
शाओमी १२ ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज, ८ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज तथा १२ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ। पहिलो भेरियन्टको मूल्य ३ हजार ६९९ चिनियाँ यूआन तथा दोस्रो र तेस्रोको क्रमश: ३ हजार ९९९ र ४ हजार ३९९ चिनियाँ यूआन राखिएको छ।
यस्तै १२ प्रो ८/१२८, ८/२५६ तथा १२/२५६ भेरियन्टमा उपलब्ध हुनेछ जसमध्ये
बेस भेरियन्टको मूल्य ४ हजार ६९९ तथा अन्य दुई भेरियन्टका मूल्य क्रमश: ४ हजार ९९९ र ५ हजार ३९९ तोकिएको छ।
प्रकाशित: १४ पुष २०७८, बुधबार