सञ्चारमा पहुँच नहुँदा सास्ती

  • Technology Khabar | १४ पुष २०७८, बुधबार
सञ्चारमा पहुँच नहुँदा सास्ती
फाइल फोटो

काठमाडौं ।

डडेल्धुराको आलिताल गाउँपालिका–७ का अधिकांश बस्तीमा मोबाइल सेवा उपलब्ध छैन । गाउँपालिकाको वडा नम्बर ७ र ८ का स्थानीय अझै पनि सञ्चारको पहुँचबाट टाढा रहेका छन् ।

आलिताल गाउँपालिका–७ को भाडी, कोइराली, खिन्ने भाडीलगायत आधा दर्जन गाउँका स्थानीयलाई फोन गर्नका लागि नेटवर्कको खोजी गर्नुपर्ने बाध्यता रहेको छ ।

गाउँमा नेपाल टेलिकमको नमस्ते र एनसेलको मोबाइल सेवाले काम नै गर्दैन भने सामान्य कभरेज रहेको स्काई सेवाको नेटवर्कका लागि पनि डाँडाकाँडामा चढ्नुपर्ने बाध्यता रहेको आलिताल गाउँपालिका–७, घरेलुका स्थानीय तुलाराम बोहराले बताए। घरभित्र बसेका समयमा भने सञ्चारको सेवाबाट पूर्ण रूपमा वञ्चित नै हुनु परेको बोहराले बताए ।

मोबाइल सेवा सहज नहुँदा आलिताल–७ का स्थानीयवासीलाई समस्या हुने गरेको छ। गाउँमा मोबाइल फोनको सहज पहुँच नहुँदा फोन गर्नका लागि नेटवर्क खोज्दै खेतबारीदेखि डाँडाकाँडामा जानुपर्ने समस्या रहेको आलिताल गाउँपालिका–७ का वडाध्यक्ष वीरबहादुर बोहराले बताए।

आलिताललगायत परशुराम नगर पालिकाका वडा नम्बर १, ७, ८ र ११ का अधिकांश गाउँमा सञ्चार सेवाको आंशिक पहुँच रहेको छ।

सञ्चारको पहुँचबाहिर रहेका बस्तीमा सञ्चार सेवा पुर्याउने उद्देश्यले परशुराम नगरपालिका–११ मा नेपाल टेलिकमले टावर निर्माण गरेर सेवा सञ्चालन गरिसकेको नेपाल टेलिकम डडेल्धुराका प्रमुख माधवराज जोशीले बताए। उनकाअनुसार जिल्लाका एक दर्जनभन्दा बढी ठाउँमा टेलिकमको टावर निर्माणका लागि पहल भइरहेको जनाइएको छ। गोरखापत्रबाट

प्रकाशित: १४ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार