नयाँ वेबक्याम किन्दै हुनुहुन्छ, यी कुरामा ध्यान दिँदा उपयोगी हुन सक्छ

  • Technology Khabar | १४ पुष २०७८, बुधबार
नयाँ वेबक्याम किन्दै हुनुहुन्छ, यी कुरामा ध्यान दिँदा उपयोगी हुन सक्छ

काठमाडौं ।

हिजोआज ल्यापटपमा वेबक्याम आउनु सामान्य भैसकेको छ। तर ल्यापटपको क्यामराबाहेक पनि अर्को क्यामरा चाहिएमा भने बाहिरबाट किन्नुपर्ने हुन्छ।

सामान्यतया: पाइने वेबक्यामा भिडियोको गुणस्तर राम्रो हुँदैन। यूजरका लागि वेबिनार, अनलाइन क्लास, भिडियो पडकास्ट, बिजनेस मीटिङ वा परिवार र साथीभाइसँग कुराकानी गर्नका लागि उच्च गुणस्तरको वेब क्यामरा आवश्यक पर्दछ।

वेबक्याम किन्दै हुनुहुन्छ भने यहाँ चर्चा गरिने केही ध्यान दिनुपर्ने कुराहरुले सहफ वेबक्याम छान्न सहयोग गर्न सक्छ।

रेजोल्यूशन: वेबक्याममा उच्च रेजोल्यूशन हुनु निकै जरुरी हुन्छ किनकि कम रेजोल्यूशन भएको डिभाइसले स्क्रीनमा धेरै ग्रेनर इमेज बनाउँछ। अधिकांश आधुनिक वेबक्यामले हाई डेफिनिशनल भिडियो रेकर्डिंग मात्र सपोर्ट गर्छन्।  त्यसैले ७२०पी वा त्यो माथिको रेजोल्युशन भएको वेबक्याम लिनु राम्रो हुन्छ।

फ्रेम रेट: वेब क्याममा उच्च फ्रेम रेट हुनु पनि निकै जरुरी हुन्छ किनकि कम फ्रेम रेटका कारण भिडियो प्राय: रोकिने समस्या हुन्छ। फ्रेम रेटलाई फ्रेम प्रति सेकेन्डमा नापिन्छ जसलाई एफपीएस पनि भनिन्छ।

एउटा भिडियो स्ट्रीम गर्नका लागि कम से कम १५ एफपीएस आवश्यक हुन्छ। न्यूनतम फ्रेम रेट ३० एफपीएस वा त्योभन्दा बढी मानिन्छ।

लेन्स: कुनै पनि वेबक्यामको प्रदर्शन त्यसमा प्रयोग गरिएको लेन्समा भर पर्छ। इन्ट्री-लेभल वेबक्याममा प्लास्टिकको लेन्स हुन्छ किनकि शीशाको लेन्स निकै महँगो पर्छ।

तर शीशाको लेन्समार्फत् पर्फर्मेन्समा सुधार आउँछ। यस हिसाबले कम्तीमा पनि २ मेगापिक्सेलको लेन्स भएको वेबक्याम लिनुपर्छ।

माइक्रोफोन: वेबक्याममा उपलब्ध हुने बिल्ट-इन माइक्रोफोन पनि अपरिहार्य कुरा हो। सामान्यतया: दुई वा तीन ओटा बिल्ट इन माइक्रोफोन भएका वेबक्याम पाइन्छन्। केही वर्षयता माइक्रोफोनको क्वालिटीमा  निकै सुधार भएको छ।

मोशन सेंस: मोशन सेन्सिङको माध्यमबाट कुनै पनि वेब क्याम सेक्युरिटी सिस्टममा परिवर्तन हुन सक्छ।

केही मोडलहरुमा यो फिचर बिल्ट इन नै आउँछ तर यस्तो फिचर नभएको डिभाइसका लागि सपोर्ट गर्ने खालको सफ्टवेयर डाउनलोड गर्न सकिन्छ।

टो फोकस: वेबक्याममा आउने फिचरमध्ये अटो-फोकस पनि सोचनीय फिचर हो। धेरैजसो मानिसहरुलाई भिडियो रेकर्डिङ गर्दा सही स्थितिमा बस्ने ठाउँ थाहा हुन्न। यस्तोमा राम्रो आउटपुटका लागि अटो-फोकस भएको वेबक्याम दोहोर्याएर फोकस गरिदिन्छ।

स्पेशल इफेक्ट्स: भिडियो च्याट गरिरहेका बेला आफ्नै हिसाबले स्पेशल इफेक्ट्स फिचर एड गर्न सकिन्छ। थुप्रै वेबक्याममा यो फिचर दिइएकै हुन्छ भने केही कम्पनीले यसका लागि सफ्टवेयर उपलब्ध गराउँछन्।

प्रकाशित: १४ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...