राष्ट्रिय परिचयपत्रका लागि भक्तपुरमा ९४ हजारले बुझाए विवरण

  • Technology Khabar | १३ पुष २०७८, मंगलवार
राष्ट्रिय परिचयपत्रका लागि भक्तपुरमा ९४ हजारले बुझाए विवरण

काठमाडौं ।

राष्ट्रिय परिचयपत्रका लागि देशभर विवरण सङ्कलन कार्य भईरहेको समयमा
भक्तपुरमा ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन्।राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता सो संख्यामा स्थानीय जिल्लाबासीले बिबरण बुझाएका हुन्।

जिल्लाको चारवटै नगरपालिकामा सञ्चालन गरेको अभियानमा ९२ हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएको र अभियान सम्पन्न हुने समयसम्ममा एक लाखभन्दा बढीले विवरण बुझाउने आँकलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भक्तपुरको चाँगुनारायण नपामा विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको छ भने सूर्यविनायक र भक्तपुर नगरपालिकाका केही वडास्तरमा विवरण सङ्कलनको कार्य भइरहेको छ। यही पुस १२ गतेदेखि मध्यपुर थिमि नगरपालिकामा विवरण सङ्कलन अभियान सुरु भएको छ।

चारै नगरपालिकाका वडास्तरमा ७६ वटा विवरण सङ्कलन स्टेशन सञ्चालन गरी राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम गरिएको छ। प्रत्येक स्टेशनमा फोटो खिच्न दुईवटा क्यामरा, दुई कम्युटरसहित दुई जना कम्प्युटर अपरेटर, एक जना रुजु अधिकारी र आवश्यकतानुसार सहयोगी कर्मचारी गरी दुई जना कर्मचारी खटाइएको छ।

राष्ट्रिय परिचयपत्र कार्यान्वयन आएपछि राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाण पुर्जालगायत व्यक्तिका अन्य विवरण यही परिचयपत्रमा समावेश हुने छ।

जिल्लामा पुस २६ गते विवरण सङ्कलन अभियान सम्पन्न गरिने र वडास्तरमा राष्ट्रिय परिचयपत्रको विवरण बुझाउने अभियान सम्पन्न भए पनि जिल्ला प्रशासन कार्यालयमा नियमितरूपमा विवरण बुझाउने व्यवस्था गरिएकाले छुटेकाले त्यहाँबाट बुझाउन सक्ने बताईएको छ।

सरकारले विद्युतीय राहदानी लिन अनिवार्यरूपमा राष्ट्रिय परिचयपत्रको नम्बर राख्नुपर्ने व्यवस्था गरेपछि विवरण बुझाउनेको चापसमेत बढेको छ।

प्रकाशित: १३ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार