शाओमी १२ स्मार्टफोन सिरिज आज लन्च हुँदै, अन्य ग्याजेटहरु पनि साथमा आउने

  • Technology Khabar | १३ पुष २०७८, मंगलवार
शाओमी १२ स्मार्टफोन सिरिज आज लन्च हुँदै, अन्य ग्याजेटहरु पनि साथमा आउने

काठमाडौं ।

शाओमीले चर्चामा रहेको स्मार्टफोन शाओमी १२ सिरिज आज लन्च गर्दैछ। कम्पनीका नयाँ फोनका मूल्यहरू आज डिसेम्बर २८ मा चीनमा लन्च हुनु अघि नै अनलाइन देखा परेका छन्।

लीकले शृङ्खलाका केवल तीनवटा स्मार्टफोनहरूको मूल्यहरू देखाउँछ जसमा शाओमी १२,शाओमी १२ एक्स र शाओमी १२ प्रो रहेका छन्।

मूल्य निर्धारणको साथसाथै, टिपस्टरले आगामी तीन स्मार्टफोनहरूको र्याम र भण्डारण कन्फिगरेसन पनि साझा गरेका छन्।

कम्पनीले स्मार्टफोनका साथसाथै शाओमी ट्रू वायरलेस इयरफोन ३ पनि लन्च गर्ने तयारी गरेको छ। त्यसैगरी शाओमी वाच एस१ पनि एकैसाथ उपलब्ध हुने घोषणा हुने अनुमान छ ।

शाओमीले डिभाइसहरुका लागि एन्ड्रोइडमा आधारित नयाँ ओएस पनि ल्याउने छ।

कम्पनीले नयाँ फोनमा ५० मेगापिक्सेलको क्यामरा राख्नेछ भने ६७ वाटको फास्ट चार्जिङ्ग टेक्नोलोजी समेत हुनेछ । यस बाहेक फोनमा एलपीडीडीआर५एक्स मेमोरी तथा कम्पनीले यसमा स्न्यापड्रायन ८ जेन१ चिपसेट रहने भने प्रस्ट पारेको छ।

लीक गरिएका जानकारीअनुसार कम्पनीको शाओमी १२ एक्सको मूल्य ३,४९९ यूआन देखि शुरु हुनेछ भने शाओमी १२ को मूल्य ४,२९९ र शाओमी १२ प्रोको मूल्य ४,९९९ यूआनदेखि शुरु हुनेछ।

यो फोन शुरुमा चीनमा उपलब्ध हुनेछ र त्यसपछि मात्र अन्य बजारमा आउनेछ तर बाहिरी बजारमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन्।

प्रकाशित: १३ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...