
काठमाडौं ।
आईफोन संसारको सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्ड हो। यो फोनलाई लिएर मानिसमा फरक क्रेज छ। आईफोनमा यस्ता धेरै फिचर छन् जुन अन्य मोबाइलमा उपलब्ध छैनन् र यसको माग धेरै हुनुको एउटा कारण यो पनि हो ।
यसका प्रयोगकर्ताहरूले पनि यी सुविधाहरू ससक्त रूपमा प्रयोग गर्छन्। तर यस फोनमा धेरै यस्ता आश्चर्यजनक सुविधाहरू छन्, जुन धेरै कम व्यक्तिहरूलाई थाहा छ।
आज हामी तपाईँलाई आईफोनमा रहेका यस्ता फिचरहरुको बारेमा बताउन गइरहेका छौँ जुन तपाईको लागि निकै उपयोगी साबित हुनसक्छ ।
१. नोट्स एपबाट कागजातहरू स्क्यान गर्न सक्ने
आईफोन प्रयोग गर्ने धेरै कम व्यक्तिहरूलाई यो सुविधाको बारेमा थाहा पाएकाछन्। धेरै मानिसहरू आफ्नो फोनबाट कागजातहरू स्क्यान गर्न तेस्रो पक्षीय एपहरू डाउनलोड गर्छन्। यहाँ हामी तपाईलाई बताउँछौं कि तपाईले फोनमा दिइएको नोट्स एपबाट नै राम्रो गुणस्तरमा तपाइँका डकुमेन्टहरु स्क्यान गर्न र पठाउन सक्नुहुन्छ।
२. इमेल लुकाउने
यो अद्भुत सुविधा आईओएस १५ अपडेटमा थपिएको छ। यसको बारेमा धेरै कम मानिसहरुलाई थाहा होला । वास्तवमा, हाइड माई इमेल (Hide My Email) सुविधा अन्तर्गत, तपाईंले आफ्नो मूल इमेल आईडीको सट्टा कुनै पनि कम्पनी वा संस्थासँग आफ्नो ‘बर्नर’ इमेल खाता साझेदारी गर्ने विकल्प पाउनुहुन्छ। त्यसपछि तपाईले पठाएको मेलहरू तपाईँको इनबक्समा सुरक्षित रूपमा पाउनुहुनेछ। यसरी, तपाईँको काम पनि जारी रहनेछ र आवश्यक परेमा तपाईले त्यो कम्पनीबाट प्राप्त ईमेलबाट अप्टआउट पनि गर्न सक्नुहुन्छ।
३. टप बारमा ट्याप गरेर पहिलो पृष्ठमा जाने
जब हामी फोनमा कुनै पिडिएफ फर्ममा उपलब्ध लामो लेख वा पुस्तक पढ्छौं, त्यो समयमा कहिलेकाँही पहिलो पृष्ठमा जानुपर्ने हुन्छ, तर हामी धेरै तल पुगेका हुन्छौं। स्क्रोलिङ गरेर पृष्ठहरूको शीर्षमा जानु एकदम जटिल कार्य जस्तो देखिन्छ। यो समस्या समाधान गर्न आईफोनमा एउटा अचम्मको फिचर रहेको छ। यदि तपाईंले फोनको शीर्षमा एक पटक ट्याप गर्नुभयो भने, तपाईं सिधै त्यो लेख वा पुस्तकको पहिलो पृष्ठमा पुग्नुहुनेछ।
४. हार्डवेयर म्यूट स्विच
यदि तपाईँको फोनलाई लगातार साइलेन्ट राख्ने बानी छ भने, तपाईले आइफोनमा रहेको यो सुविधाको मूल्य कल्पना गर्न सक्नुहुन्न। यस फिचर अन्तर्गत, कलर इन्डिकेटरका साथ आईफोनको हार्डवेयर म्यूट स्विच (Hardware Mute Switch) ले तपाईंलाई साइलेन्ट हुँदा पनि कलको बारेमा सजिलै जानकारी दिन्छ। जसका कारण कुनै पनि महत्वपूर्ण बैठकमा बसेको बेला अन्य कसैलाई बाधा पर्नेछैन ।
५. जासूसी गर्न सक्ने
तपाईलाई अलिकति अचम्म लाग्न सक्छ, तर यो आईफोनमा यस्तो सुविधा छ कि तपाईले अर्को कोठामा बसेर पनि एउटा कोठामा भइरहेको कुरा सुन्न सक्नुहुन्छ। आईफोनमा रहेको यो गोप्य फिचरको नाम द लाइभ लिसन हो । आईफोन बाहेक, तपाईले यो गोप्य सुविधा आईप्याड र आइपडमा पनि प्रयोग गर्न सक्नुहुन्छ।
प्रकाशित: १३ पुष २०७८, मंगलवार