डिजिटल इकोसिस्टम विस्तारको लागि नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सको सहकार्य

  • Technology Khabar | १२ पुष २०७८, सोमबार
डिजिटल इकोसिस्टम विस्तारको लागि नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सको सहकार्य

काठमाडौं ।

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै समृद्धि फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको छ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, प्रमुख अनुभव अधिकारी (सिएक्सओ) र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा समृद्धि फाइनान्सको तर्फबाट टिका निधी लोहनी, प्रमुख कार्यकारी अधिकृत (सिईओ) र बिनोद राज पौडेल, प्रमुख प्रबन्धकले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौताको यो विस्तारसँगै नेपाल पेमेन्ट सोलुसन्सले समृद्धि फाइनान्ससँगै आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्न सक्नेछ। सँगै, तिनीहरूले लेनदेन बैंकिङमा मूल क्षमताको लाभ उठाउन सक्छन्।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले समृद्धि फाइनान्ससँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, समृद्धि फाइनान्ससँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।

नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ। साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन्।

प्रकाशित: १२ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...