आफ्नो फोनको सुरक्षाको बारेमा चिन्तित हुनुहुन्छ? यी हुन् स्मार्टफोन सुरक्षित राख्ने टिप्स

  • Technology Khabar | १२ पुष २०७८, सोमबार
आफ्नो फोनको सुरक्षाको बारेमा चिन्तित हुनुहुन्छ? यी हुन् स्मार्टफोन सुरक्षित राख्ने टिप्स

काठमाडौं ।

स्मार्टफोन जीवनको एक आवश्यक उपकरण भएको छ। व्यापार, किनमेल, सञ्चार, बैंकिङ, अध्ययनदेखि मनोरञ्जनसम्मका लगभग सबै कुरामा स्मार्टफोन संलग्न छ। एक रिपोर्ट अनुसार, औसतमा फोन प्रयोगकर्ताहरूले आफ्नो डिभाइसहरू दिनमा ५० पटक भन्दा बढी जाँच गर्छन्। स्मार्टफोनको अधिक प्रयोगले तपाईलाई ह्याकरको निशानामा पर्न सजिलो बनाएको छ। यहाँ, हामीले तपाईको स्मार्टफोनलाई कुनै पनि ह्याकरबाट सुरक्षित राख्ने ५ तरिकाहरू सूचीबद्ध गरेका छौं।

आफ्नो वायरलेस कनेक्सन जाँच गर्नुहोस्
हामी सबैलाई वायरलेस नेटवर्क चाहिन्छ, चाहे त्यो काममा होस् वा घरमा, वा मोबाइल हटस्पट। एयर वेब्स (वायु तरंगहरू)मा डाटा बोक्न सक्ने कुनै पनि उपकरण सम्भावित सुरक्षा जोखिम हो। पहिलो नियम भनेको वायरलेस कनेक्सन प्रयोगमा नभएको बेला सधैं बन्द गर्नु पर्छ। यसले ह्याकरहरूलाई तपाइँको जानकारी बिना तपाइँको उपकरणमा कनेक्ट गर्नबाट रोक्छ। जब यो एक्सेस प्रयोग गर्ने कुरा आउँछ, ताररहित हटस्पटहरू र अज्ञात नेटवर्कहरूले सबैभन्दा जोखिम बोक्छन्।

तपाईंको कलहरू सुरक्षित गर्नुहोस्
फिसिङ कलहरू लिने गर्दा तपाईंको डिभाइस खतरामा हुन सक्छ, र तपाईंले त्यस्ता कलहरू प्राप्त गरिरहनुभएको हुन सक्छ, होसियार हुनुस्। बजारमा कयौं यस्ता तेस्रफ पक्षिय एप छन जसले तपाईंको फोनलाई ह्याकरहरू, नचाहिने बिक्रेताहरू र कल गर्नेहरूबाट सुरक्षित राख्छन्। यस्ता एपहरुले तपाईको व्यक्तिगत जानकारीलाई नयाँ फोन नम्बर उत्पन्न गरेर सुरक्षित गर्दछ जुन तपाईले चाहानु भएसम्म प्रयोग गर्न सक्नुहुन्छ।

एप्सहरुका साथ सावधानी
प्ले स्टोरबाट नयाँ सफ्टवेयर डाउनलोड गर्दा, तपाईंले यो सफ्टवेयर इन्स्टल हुँदा तपाईँले  पहुँचदिनका लागि सोध्ने अनुमतिहरूमा ध्यान दिनुपर्छ। त्यसै गरी, तपाईंले आफ्नो ब्राउजरमा नयाँ वेबसाइट भ्रमण गर्दा तपाईंले पहुँच गर्नका लागि दिनुभएको अनुमतिहरू जाँच गर्न आवश्यक छ।

सफ्टवेयर अपडेट गर्न नबिर्सनुहोस्
तपाईंले सफ्टवेयर अद्यावधिकहरू वा डाउनलोड गर्दा बेवास्ता नगर्नुहोस्। किनकी यो तपाईंको यन्त्रलाई आक्रमणको जोखिमबाट मुक्त राख्ने सबैभन्दा सुरक्षित तरिकाहरू मध्ये एक र पहिलो बिधी हो। यसबाहेक, सुरक्षा सफ्टवेयरले तपाइँको फोनलाई जोखिमबाट टाढा राखेर सञ्चालन गर्न सक्षम बनाउन सक्छ। यदि यसमा जीपीएस छ र यदि यो हराए वा चोरी भयो भने तपाइँ आफ्नो डिभाइसको लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ। यसका साथै यसले थप भाइरस, स्पाम र फायरवालको सुरक्षा दिन्छ।

भिपिएन प्रयोग गर्नुहोस्
भर्चुअल निजी सञ्जालहरू, वा भिपिएनहरुले तपाईंलाई इन्टरनेट मार्फत सुरक्षित रूपमा निजी नेटवर्कमा कनेक्सन गर्न अनुमति दिन्छ। यसले तपाइँलाई सार्वजनिक वा पब्लिक नेटवर्कहरूमा डाटा पठाउन र प्राप्त गर्न अनुमति दिन्छ। अनधिकृत प्रयोगकर्ताहरूलाई तपाइँको डाटामा पहुँच गर्न अनुमति नदिई तपाइँलाई अस्थायी आईपी ठेगाना प्रदान गरेर र तपाइँले कनेक्ट गर्नुहुने प्रत्येक वेबसाइट वा इमेलबाट तपाइँको वास्तविक आईपी ठेगाना लुकाएर यसलाई सुरक्षित र गोप्य राख्छ।

प्रकाशित: १२ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार