
काठमाडौं ।
हामी मध्ये धेरैलाई बसमा यात्र गरिरहदा बस भित्र पनि डिस्को बार हुन्छ ? यहाँ पार्टी गर्न पनि मिल्छ भन्ने कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर यो बास्तविकता हो ।
भिजिट नेपाल २०२० लाई लच्छित गर्दै रेस नेपाल प्रालिले नेपालमै विदेशी शैलीको पार्टी बस सञ्चालनमा ल्यायो । तर कोरोना भाइरसको महामारीका कारण उक्त बस सञ्चालनमा बाधा पुग्यो । यसले सुरुमै महामारीको सामना गर्नुपर्याे । जसले गर्दा उक्त बस सञ्चालन कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि जारी गरिएको लकडाउनका कारण बन्द भयो । कोरोना भाइरसका विभिन्न चरणमा पार्टी बस सुचारु हुँदै पुनः लकडाउनका कारण बन्द हुन पुगेको थियो । पछिल्लो समय भने पार्टी बसको माग बजारमा ह्वात्तै बढेको छ ।
महामारीका कारण राम्रोसँग सञ्चालनमा हुन नसके पनि पछिल्ला दिनहरुमा माग ह्वात्तै बढेको रेस नेपालले बताएको छ । कोरोना महामारीको जोखिम कम हुन थालेसंगै अहिले विभिन्न खाले पार्टीका लागि यस बसको प्रयोग हुन थालेको छ।
पार्टी नेपाल बसका सर्भिस इन्चार्ज विनोद खड्काले पछिल्लो समय यसले राम्रो मार्केट लिन थालेको बताए । ‘सुरुमा कोरोना महामारीले गर्दा खासै सञ्चालन हुन सकेन । तर पछिल्लो समय पार्टी बस नेपालको माग बढ्न थालेको छ,’ उनले भने।
रेस नेपालले युट्युबमा पार्टी नेपाल बसको इन्ट्रोडक्सन भिडियो अपलोड गरेको छ। जसमा यसलाई साउथ एसियामा नै पहिलो पटक संचालनमा आएको पार्टी बस भनिएको छ। पार्टी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिनेछ। बसभित्रै डिजे, बार, धूम्रपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिशन, शौचालय लगायतको व्यवस्था छ। जसले गर्दा विवाह, बर्थ–डे, एनिभर्सरि, स्टाफ पार्टी, ब्याचलर पार्टी, भिजा पार्टी लगायत निजी बुकिङ गरि व्यतिगत पार्टी बनाउन सकिन्छ ।
विभिन्न खाले विशेषता भएकोले अहिले युवा पुस्ता र पार्टी गर्न चाहनेहरुको लागि पार्टी बस नेपाल नयाँ गन्तव्य जस्तै बनेको छ । पार्टी गर्नका लागि कुनै रेस्टुराँ वा विशेष स्थान धाउन पर्नेहरुका लागि यो सहज माध्यम हुन सक्छ ।
यसमा उच्च बर्गकाहरुले मात्र नभई लोकल रुपमा पनि मानिसहरुले प्रयोग गर्न सक्नेछन् । दैनिक बेलुका ८ बजे पछि रिङ्ग रोड र काठमाडौको भीत्री भागमा हप अन राईड अर्थात लोकल मानिस पनि रमाईलो गर्नका लागी बस चढ्ने र पार्टी सकिए पछि झर्ने मिल्ने ब्यवस्था समेत पार्टी बस नेपालले गरेको छ । यसले गर्दा लोकल मानिसहरु समेत यसमा आकर्षित हुने इन्चार्स खड्काले बताए ।
प्राय रिङ्गरोड वरिपरि आफ्नो पायक पर्ने चोकमा जम्मा भई मानिसहरुले कल गरेर बस बुकिङ गर्न सकिन्छ। प्रति व्यक्ति १ हजार रुपैयाँ लाग्ने हप अन राईडको लागी रातको ८ बजे पछि पार्टी बसले चोक चोकमा पुगेर माग अनुसार पिक अप गर्ने र पार्टी सकिएपछि सोहि ठाउँमा ल्याएर यात्रुहरुलाई झारिदिन्छ।
यसको अझ रमाईलो कुरा त के छ भने रेस्टुरेन्टहरु निश्चित समय सम्ममात्र खोल्ने भएकोले रेष्टुरेन्टहरुले आफ्ना ग्राहकलाई पार्टी बसमा चढाएर समेत मनोरन्जन दिने गरेका छन् । अहिले नयाँ पुस्ताहरुका लागि गुडीरहेको बसमा आफ्नो इच्छा अनुसारका गीतहरु बजाउँदै, पिउँदै, रमाउनु, समुह बनाएर मनोरन्जन लिनु पनि एउटा नयाँ र मिठव अनुभब हुन सक्छ ।
कहाँ कसरी र कसले रुचाउँदैछन् पार्टी बस ?
पछिल्लो समय समुह बनाएर आफ्नो थीम अनुसारको पार्टीमा संचालन हुने गरेको छ । विशेषत कलंकी, ललितपुर, भक्तपुर, बुढानिलकण्ठ क्षेत्रबाट धेरै बुकिङ आउने गरेको रेस नेपालले जनाएको छ ।
यसको माग बढ्दो क्रममा रहनुका साथै आफुले भनेको ठाउँबाट चढ्न पाउने र पार्टीपछि सोहि ठाउँमा झर्न पाइने भएकोले पनि घरबाट समूह बनाएर बाहिर निस्केर बसमा चढेर घर नजिकै झर्नेहरुको संख्या बढ्दो छ ।
पार्टी नेपाल बसमा हालसम्म हेलोईन पार्टी, न्यु एयर पार्टी, क्रीसमस पार्टी, निवन लाईट थिम पार्टी लगायतका बर्थडे पार्टी, एनीभर्सरी, ब्याचुलर पार्टी, भीजा पार्टी, स्टाफ पार्टी आयोजना भएको रेस नेपालले जनाएको छ ।
पछिल्लो समय कलाकार बोलाएर लोक, पप साँझहरु भएको र पछिल्लो समय यसको क्रेज बढेको साथै उपत्यकाबाहिर पोखरा, चितवन र बुटवलमा बढि माग बढेको रेस नेपालले जनाएको छ।
उपत्यकाबाहिर यसको माग बढेसंगै यो सेवाले पर्यटन प्रवद्र्धन तथा राजधानीलगायत देशका विभिन्न स्थानमा बाह्य तथा आन्तरिक पर्यटकका लागि मनोरञ्जनको सर्वाेत्तम विकल्प हुने संस्थाको विश्वास छ। उपत्यका बाहिर माग बढ्न थालेकोले पनि लामो दूरीका लागि प्रयोग हुने बस ल्याउने लागिएको रेस नेपालको भनाई छ।
प्रकाशित: ११ पुष २०७८, आईतवार