चीनद्वारा नयाँ अप्टिकल स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | ११ पुष २०७८, आईतवार
चीनद्वारा नयाँ अप्टिकल स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

चीनले पृथ्वीको सतहको रिमोट सेन्सिङको लागि नयाँ अप्टिकल उपग्रह  (स्याटेलाइट), जियान-१ ०२ इ सफलतापूर्वक प्रक्षेपण गरेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले आइतबार जनाएको छ। यसअघि पनि चीनले यस्तै प्रकारको अप्टिकल स्याटेलाइट अन्तरिक्षमा पठाएको थियो।

स्थानीय समय अनुसार बिहान ११:११ बजे (०३:११ जि एम टी) देशको उत्तरपश्चिमी प्रान्त शान्सीको ताइयुआन स्याटेलाइट लन्च सेन्टरबाट लङ मार्च-४सी (चाङ्झेङ ४ पनि भनिन्छ) प्रक्षेपण भेहिकल प्रयोग गरी प्रक्षेपण गरिएको स्पुतनिकले जनाएको छ।

पृथ्वीको सतहको फोटो खिच्नुका साथै जियान-१ ०२ इ ले स्थलीय प्राकृतिक स्रोतहरूको अध्ययन र व्यवस्थित गर्ने अन्तरिक्ष एजेन्सीले उल्लेख गरेको छ।

जियान-१ ०२ इ को अतिरिक्त एउटा सानो वैज्ञानिक उपग्रह जुन चीन-अफ्रिका अन्तरिक्ष अन्वेषण परियोजनाको उपनाम जिवाङ (होप) को भाग हो। उच्च विद्यालयका विद्यार्थीहरूको लागि अनुसन्धान प्लेटफर्मको रूपमा प्रयोग गर्न सो उपग्रह कक्षमा पठाइएको हो।

यो लङ मार्च-४सीको ४०३ औं प्रक्षेपण थियो।

प्रकाशित: ११ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार