
काठमाडौं ।
ह्वावेले थाइल्याण्डमा फाइभजी स्मार्ट अस्पताल सेवा सुरु गर्न सहकार्य गरेको घोषणा गरेको छ। थाइल्याण्डको राष्ट्रिय प्रसारण तथा दूरसञ्चार आयोग र बैंककको सिसिराज अस्पतालका साथ डिसेम्बर १६ मा आसियानमा पहिलो फाइभजी स्मार्ट अस्पताल सेवा सुरु गरेको ह्वावे थाइल्याण्डले जनाएको छ।
फाइभजी स्मार्ट अस्पताल परियोजनाले पोर्टेबल मेडिकल किटहरू,अटोनोमस ड्राइभिङ भेहिकलहरू, मेडिकल गाडीहरू, र स्मार्ट बेडहरू कभर गर्ने एपहरू सहित थप प्रभावकारी र सुविधाजनक चिकित्सा सेवाहरू प्रदान गर्न फाइभजी, क्लाउड र एआई लगायतका प्रविधिहरू समावेश गर्ने डिजिटाइम्सले उल्लेख गरेको छ।
चिनियाँ प्रविधि फर्म र सिरिराज अस्पतालले २०२२ मा थाइल्याण्डका अस्पतालहरूमा प्रयोग गरिने ३० थप नवीन ५जी एपहरूका लागि इन्क्युबेटर पनि सुरु गर्नेछन्।
दुई पक्षहरूले डिजिटलाइजेसनलाई गति दिन र चिकित्सा कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गर्न गत डिसेम्बरमा पाँच-वर्षे एमओयूमा हस्ताक्षर गरे।
“डिजिटल प्रविधिहरूले बिरामीहरूको ट्र्याकिङ,रोग निदान गर्न, डाटा विश्लेषण गर्न र स्रोतहरू वितरण गर्न मद्दत गर्छ र सिरीराज अस्पताललाई विश्वस्तरीय चिकित्सा सुविधामा रूपान्तरण गर्नेछ,’ ह्वावे थाइल्यान्डका सीईओ अबेल देङले भने।
थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चाले सिरीराज एउटा पाइलट प्रोजेक्ट भएको र देशका अन्य अस्पतालहरूमा पनि यो सुबिधा विस्तार गर्न खोजिरहेको बताएका छन्।
प्रकाशित: ११ पुष २०७८, आईतवार