विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली टेलिस्कोप सफलतापूर्वक प्रक्षेपण

  • Technology Khabar | ११ पुष २०७८, आईतवार
विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली टेलिस्कोप सफलतापूर्वक प्रक्षेपण

काठमाडौं ।

विश्वकै सबैभन्दा ठूलो स्पेस टेलिस्कोप प्रक्षेपण सफलतापूर्वक भएको छ। जेम्स वेब स्पेस टेलिस्कोप शनिवार २५ डिसेम्बरमा प्रक्षेपण भएको हो र यसलाई नासाले प्रत्यक्ष प्रशारणमार्फत देखाएको थियो।

टेलिस्कोपलाई फ्रेन्च गुयानाको कोउरोस्थित गुयाना स्पेस सेन्टरबाट नेपाली समय अनुसार बेलुका ५:१० बजे प्रक्षेपण गरिएको थियो। यसलाई एरियन रकेटमार्फत अन्तरिक्षमा पुर्याईएको थियो।

हाल अन्तरिक्षमा पठाईएको जेम्स वेब स्पेस टेलिस्कोप संचालनमा रहेको हबल स्पेस टेलिस्कोपको उत्तराधिकारी हो।

जेम्स वेब स्पेस टेलिस्कोप एक अन्तर्राष्ट्रिय परियोजना हो जसको नेतृत्व नासाले गरेको थियो भने यसको साझेदारी युरोपेली अन्तरिक्ष एजेन्सी र क्यानाडाली अन्तरिक्ष एजेन्सीसँग गर्दछ।

यो टेलिस्कोप पृथ्वी र सूर्यबीचको निश्चित विन्दूमा रहेको अर्बिटमा पुगेपछि विश्वभरका अनुसन्धाताले यसलाई ब्रह्माण्डको शुरुवाती ग्यालेक्सी, ब्ल्याक होल तथा ससाना एक्सोप्लानेटहरुको बासस्थानका बारेमा जानकारी लिन सक्नेछन्।

सन् १९९६ मा निर्माण गर्न शुरु गरेयता यो जेम्स वेब परियोजनामा थुप्रै प्रकारका समस्याहरु आएका थिए। यसको बजेट निकै माथि गएको साथै पटक पटक डिजाइनमा ल्याइएका ठूला परिवर्तन लगायतका कारणले यसले सोचेको समय र रकममा पूर्णता पाउन सकेको थिएन।

वेबको प्रक्षेपण अर्को छ महिनामा हुने प्रारम्भिक गतिविधिहरूको एक जटिल श्रृंखलाको सुरुवात मात्र हो।

टेलिस्कोपलाई पृथ्वीभन्दा करिब १५ लाख किलोमिटर टाढाको अवलोकन केन्द्रको बाटोमा राखिएको छ। यस स्थानसम्मको यात्राको क्रममा, वेबले यसलाई प्रक्षेपणमा अपनाएको फोल्ड गरिएको कन्फिगरेसनबाट आफैंलाई अनप्याक गर्नुपर्नेछ।

नयाँ सुविधाको क्षमताको मुख्य भाग यसको ६.५ मिटर चौडा सुनौलो ऐना हो। यो हबलमा रहेको प्राथमिक रिफ्लेक्टर भन्दा झन्डै तीन गुणा फराकिलो छ। विस्तारित अप्टिक्सले चार अति-संवेदनशील उपकरणहरूसँग मिलेर, खगोलविद्हरूलाई अन्तरिक्षमा गहिरोसँग हेर्नको लागि सक्षम बनाउनु पर्नेछ ।

प्रक्षेपणसहित यसको लागत करिब १० अर्ब डलर र निर्माणका लागि ३० बर्ष लागेको बताईएको छ।

प्रकाशित: ११ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...