शाओमी १२ सिरिजका क्यामरामा आईएमएक्स७०७ सेन्सर रहने

  • Technology Khabar | ११ पुष २०७८, आईतवार
शाओमी १२ सिरिजका क्यामरामा आईएमएक्स७०७ सेन्सर रहने

काठमाडौं ।

चिनियाँ टेक कम्पनी शाओमीको आउँदै गरेको १२ सिरिजका क्यामरामा आईएमएक्स७०७ सेन्सर रहने प्रस्ट पारेको छ।

यो स्मार्टफोन सार्वजनिक हुने मिति नजिकिँदै गर्दा कम्पनीले यसका आधिकारिक स्पेसिफिकेशनहरु बाहिर ल्याइरहेको छ।

पछिल्ला दुई/तीन दिनमा शाओमी १२ का डिस्प्ले तथा प्रदर्शनका बारेमा आधिकारिक जानकारी सार्वजनिक भइसकेका छन्। यसै क्रममा शनिबार कम्पनीले क्यामरासँग सम्बन्धित जानकारी बाहिर ल्याएको हो।

कम्पनीका सीईओ तथा संस्थापक लेई जुनले आफ्नो वेबो एकाउन्टमा शाओमी १२ का विशेष फिचरहरुका बारेमा कम्तीमा पनि ४ ओटा पोस्ट गरेका छन्।

उनको पहिलो पोस्टमा शाओमी १२ मा आईएमएक्स७६६ सेन्सरसहितको ५० मेगापिक्सेलको क्यामरा रहने उल्लेख छ। त्यसपछि उक्त क्यामराको कार्यक्षमता राम्रो रहेको र यसका बारेमा अहिले नै थुप्रै सकारात्मक कमेन्टहरु आएका बताएका छन्।

जुन तथा शाओमीले शाओमी १२ फोटो खिच्ने हिसाबले विश्वकै सबैभन्दा द्रुत स्मार्टफोन रहेको दावी गरेका छन्।

प्रकाशित: ११ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...