
काठमाडौं ।
अलोकिक जीवनका बारेमा खोज अनुसन्धान गर्ने सेती इन्स्टिच्युटले एलियनहरुको खोजीका लागि ऐतिहासिक समुदाय निर्माण गर्ने भएको छ।
नयाँ बन्ने समुदायको नाम लेजरसेती रहने र यसले साँझमा आउने सबै लेजरहरुको लेखाजोखा राख्ने साथै एलियन सभ्यतालाई बोल्नका लागि प्रेरित गर्ने लक्ष्य रहेको छ।
यो प्रक्रियामा रेडियो तरंगभन्दा अझ साधारण तरंगको प्रयोग गरिने भएकाले अझ बढी डाटा पठाउन सकिने सेतीको भनाइ छ।
धेरै समयअघि देखि सेतीले सूर्यका किरिणहरुको स्क्यान गर्ने हिसाबले केही दृष्टिजन्य कार्यक्रमहरु चलाउँदै आएको थियो।
‘यी कामका लागि प्रयोग हुने सबै डिभाइसहरु किरणहरु डिटेक्ट गर्नका लागि फोटोमल्टिप्लायर ट्युबमा आधारित छन्। यी ट्युबहरु १ पिक्सेलका क्यामरा बराबरका हुन्छन्’, सेतीले बताएको छ।
सेतीका अनुसार सूर्यको प्रकाशमा लेजरलाई बोक्न सक्ने विशेषता हुने भएकाले एलियन सभ्यताको अध्ययनका लागि लेजर पत्ता लगाउन द्विआयामिक सोलिड स्टेट डिटेक्टरका रुपमा प्रयोग गर्न सकिने अपेक्षा छ।
‘हाम्रो योजना इन्भेन्सन कम्युनिटी बनाउने, सञ्चालन गर्ने र उक्त कम्युनिटीले यो परियोजनाका लागि कुन प्रकारको क्यामरा प्रविधि ठिक हुन्छ भनेर निर्क्योल गराउने रहेको छ’, सेतीका अप्टिकल डाइरेक्टर एलियट गिलमले भने।
प्रकाशित: १० पुष २०७८, शनिबार