ह्याक भएको २२ करोडभन्दा बढी पासवर्ड डाटा सार्वजनिक, तपाइँको पासवर्ड पनि छ कि हेर्नुस्

Technology Khabar ९ पुष २०७८, शुक्रबार

काठमाडौं ।

नयाँ प्रविधिको विकाससँगै साइबर अपराधका घटना पनि बढेका छन्। साइबर अपराधीहरूले हाम्रो डाटा चोर्छन् र हाम्रा विभिन्न खाताहरू ह्याक गर्छन्।

कयौं पटक हामीलाई यसको बारेमा थाहा पनि हुँदैन, तर एउटा यस्तो उपाय छ जसबाट तपाईले आफ्नो इमेल आइडी वा पासवर्ड ह्याक भएको छ वा छैन भनेर थाहा पाउन सक्नुहुन्छ। वास्तवमा यो बेलायतको नेशनल इन्फोर्समेन्ट एजेन्सी, नेशनल क्राइम एजेन्सी र नेशनल साइबर क्राइम युनिटको कारणले सम्भव भएको छ। उनीहरुले मिलेर करोडौं चोरी भएका पासवर्ड र इमेल आइडी रिकभर गरेका छन् ।

चलिरहेको डाटा वितरण

रिपोर्टका अनुसार यी ह्याक गरिएका पासवर्डहरू ह्याक गरिएको क्लाउड स्टोरेज सुविधाबाट बरामद गरिएको हो। एनसीएले करिब २२ करोड ५० लाख पासवर्ड रिकभर गरी “ह्याभ आई बिन पावन्ड” (Have I Been Pwned (HIBP) डाटाबेसमा दिने प्रक्रिया सुरु गरेको जनाएको छ।

के हो ह्याभ आई बिन पावन्ड?

ह्याभ आई बिन पावन्ड एक नि:शुल्क अनलाइन सेवा हो। तपाइँको पासवर्ड वा इमेल आईडी कहिल्यै ह्याक भएको छ वा छैन भनेर यहाँ तपाइँ बिना कुनै शुल्क जाँच गर्न सक्नुहुन्छ । ह्याभ आई बिन पावन्डसँग करिब ८३ करोड चोरी भएको पासवर्डको डाटा छ।

यसरी जाँच गर्नुहोस्

यदि तपाइँ पनि तपाइँको पासवर्ड कहिले ह्याक भएको छ कि छैन भनेर जान्न चाहानुहुन्छ भने, तपाइँले यसको लागि यी चरणहरू पालना गर्नुपर्छः

  • सबैभन्दा पहिले https://haveibeenpwned.com मा जानुहोस्।
  • यहाँ आफ्नो इमेल आईडी हाल्नुहोस र त्यसपछि pwned बटनमा क्लिक गर्नुहोस्।
  • यदि तपाईको पासवर्ड ह्याक भएको छ भने तपाईले स्क्रिनमा चेतावनी सन्देश पाउनुहुनेछ।
  • इमेल आइडी बाहेक, तपाईले फोन नम्बरबाट पनि तपाईको पासवर्ड ह्याक भएको छ वा छैन थाहा पाउन सक्नुहुन्छ। यसका लागि तपाईले इमेलको सट्टा फोन नम्बर त्यहाँ राख्नुपर्नेछ।
  • यति मात्र होइन, आफ्नो पासवर्ड प्रविष्ट गरेर तपाईले पासवर्ड कुनै ह्याकरले उडाएको छ वा छैन भनेर पनि पत्ता लगाउन सक्नुहुन्छ।
  • यसका लागि, यस वेबसाइटको शीर्षमा रहेको पासवर्ड ट्याबमा आफ्नो पासवर्ड टाइप गर्नुहोस्। यदि यो ह्याक भएको छ भने एउटा अलर्ट आउनेछ।
  • यदि पासवर्ड ह्याक भएको थाहा भयो भने, तुरुन्तै पासवर्ड परिवर्तन गर्नु राम्रो हुन्छ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया