म्याजिक भी अनरको पहिलो फोल्डेबल स्मार्टफोन हुने

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
म्याजिक भी अनरको पहिलो फोल्डेबल स्मार्टफोन हुने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनका रुपमा म्याजिक भी ल्याउने आफ्नो ट्विटर र वेबो एकाउन्टमा सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमा गरिएको पोस्ट अनुसार स्वतन्त्र हुनुअघि ह्वावेको सहायक ब्रान्डका रुपमा रहेको अनरको पहिलो फोल्डेबल फ्ल्यागशिप स्मार्टफोन हुने र यो छिट्टै बजारमा आउने बुझिएको छ। तर कम्पनीले यसको सार्वजनिक हुने यकिन मिति तोकेको भने छैन।

कम्पनीले चीनको ट्रेडमार्क संस्थामा म्याजिक फोल्ड तथा म्याजिक विङ भन्ने शब्दावली प्रयोग गरेपछि प्रविधि वृत्तमा अनरले फोल्डिङ डिभाइस ल्याउन लागेको चर्चा व्याप्त भएको हो।

कम्पनीका सीईओ जर्ज झाओले सीनेटलाई गत सन् २०१९ मा आफूहरुलाई फोल्डिङ फोन निर्माणमा चाख रहेको बताएका थिए। यसैगरी अनरको यसअघिको मूल कम्पनी ह्वावेले पनि मेट एक्स२ नामक फोल्डेबल डिभाइस सार्वजनिक गरिसकेको छ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...