केयूकेएलले छान्यो अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनीहरु

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
केयूकेएलले छान्यो अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनीहरु
फाइल तस्बिर

काठमाडौं ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आफ्ना ग्राहकहरुका लागि अनलाइन भुक्तानी प्रणालीमार्फत सेवा दिने कम्पनीहरु छनोट गरेको छ।

केयूकेएलले अनलाइनमार्फत महशुल तिर्ने व्यवस्था मिलाउनका लागि ईसेवा फोन पे प्रालि, एनएमबि बैंक लिमिटेड, नेपाल इनभेस्टमेन्ट बैंकलाई छनोट गरेको हो।

केयूकेएलले यसअघि नै अनलाइन प्रणालीमार्फत उपभोक्ताले खानेपानीको सेवा बारेमा गुनासो र सुझाव पठाउन सकिने सुविधा सुरू गरेको थियो।

कम्पनीले ग्राहकहरुलाई महशुल तिर्नका लागि सजिलो बनाउने भन्दै अनलाइन प्रणाली लागू गरेको जनाएको छ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया