अमेरिकी चिप निर्माता इन्टेलले चीनमा माग्यो माफी

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
अमेरिकी चिप निर्माता इन्टेलले चीनमा माग्यो माफी

काठमाडौं ।

अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले आफ्नो पत्रले चीनमा विवाद उत्पन्न भएसँगै चिनियाँ ग्राहक, साझेदार र आम नागरिकहरुसँग माफी मागेको छ।

इन्टेलले यसअघि आफ्ना आपूर्तिकर्ताहरुलाई वार्षिक पत्र लेख्दै सिन्जियाङ क्षेत्रको उत्पादन र श्रमशक्ति प्रयोग नगर्न आग्रह गरेको थियो। यससँगै चीनमा इन्टेलको आलोचना सुरु भएपछि कम्पनीले माफी मागेको रोयटर्सले रिपोर्ट गरेको छ।

इन्टेलले अहिले विश्वभरका धेरै मुलुकले सिन्जियाङ क्षेत्रका उत्पादन तथा सेवामा प्रतिबन्ध लगाइरहेको अवस्थामा आफ्ना आपूर्तिकर्ताले पनि उक्त क्षेत्रको प्रयोग गर्नु नहुने बताएको थियो।

यससँगै चीनमा इन्टेलको उत्पादन बहिस्कार गर्नुपर्ने भन्दा सामाजिक सञ्जालमा आवाज उठेको थियो।

इन्टेलले अर्को विज्ञप्ति जारी गर्दै अघिल्लो विज्ञप्तिबाट समस्या भोगेका चिनियाँ ग्राहक, साझेदार र सर्वसाधारणप्रति माफी मागेको हो।

आफूहरु चीनको विश्वसनीय प्रविधि कम्पनी रहेको र चीनको विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको इन्टेलको भनाइ छ।

अमेरिकाले भने चीनको अल्पसंख्यक उइगुर समुदायमाथि मानवअधिकार हनन गरेको भन्दै चर्को विरोध गर्दै आएको छ। चीनले भने सो आरोप गलत भएको बताउँदै आएको छ।

चीनको ट्विटर भनेर चिनिने वेबोमा, गायक क्यारी वाङले उनी अब इन्टेलको ब्रान्ड एम्बेसडरको रूपमा काम नगर्ने घोषणा गरेका छन् । “राष्ट्रिय हितहरू सबैभन्दा बढि छन्” उनले भने।

इन्टेलको चीन उपस्थितिमा सांघाई र चेङ्दुमा एसेम्बली र परीक्षण साइटहरू समावेश छन्। कम्पनीले चीनमा १० हजार जनालाई रोजगारी प्रदान गरेको छ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार