सिटिजन्स बैंक इन्टरनेसनलको किओस्क सेवा शुरु

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
सिटिजन्स बैंक इन्टरनेसनलको किओस्क सेवा शुरु

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकका वित्तीय आवश्यकताहरू पूरा गर्न किओस्क (Kiosk) सेवा थालेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले हाललाई यो सेवा काठमाडौं उपत्यकाको दरबारमार्ग शाखाबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार बैंकका अन्य शाखाहरूमा समेत विस्तार गरिने जानकारी दिएका छन् ।

किओस्कमार्फत प्रारम्भिक रुपमा ग्राहकहरूले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटिएम तथा बैंकका शाखाको विवरणहरू प्राप्त गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोगबिनै प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरू प्रदान गर्ने उद्देश्यका साथ सेवा थालिएको जनाएको छ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार