टेन्सेन्टले आफ्ना शेयरधनीहरुलाई जेडी डटकमको १६.४ अर्ब डलर बराबरको शेयर बाँड्ने

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
टेन्सेन्टले आफ्ना शेयरधनीहरुलाई जेडी डटकमको १६.४ अर्ब डलर बराबरको शेयर बाँड्ने

काठमाडौं ।

चिनियाँ गेमिङ तथा सोसल मिडिया कम्पनी टेन्सेन्टले आफ्ना शेयरधनीहरुलाई १६.४ अर्ब डलर बराबरको बोनस बाँड्ने भएको छ।

कम्पनीले आफ्नो जेडी डटकममा भएको शेयर बोनसका रुपमा बाँड्ने भएको हो।

जेडी डटकमको शेयर बाँडेपछि कम्पनीको उक्त ई-कमर्स साइटसँगको साझेदारी पातलिने देखिएको छ।

कम्पनीको यो निर्णय बेइजिङले प्राविधिक संस्थाहरुको समुद्रपार विस्तारको योजनामाथि तुषारापात गर्दै स्थनीय बजारमाथि नियन्त्रण गर्नका लागि कडाइ गर्न थालेपछि आएको हो।

टेन्सेन्टले बिहीबार आफूले जेडी डटकमको स्वामित्व घटाएर १७ बाट २.३ प्रतिशतमा झार्दै  १६.३७ अर्ब डलर बराबरको शेयर आफ्ना शेयरधनीहरुको नाममा ट्रान्सफर गरिदिने बताएको छ।

यति शेयर ट्रान्सफर गरेपछि वालमार्टमा जेडीडटकमको सबैभन्दा ठूलो शेयरहोल्डरको स्थान भने कम्पनीले गुमाउनेछ।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार