क्लाउड कम्प्युटिङ्गमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसन र जेनिस क्लाउड एकेडेमीको सहकार्य

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
क्लाउड कम्प्युटिङ्गमा लर्ड बुद्ध एजुकेसन फाउण्डेसन र जेनिस क्लाउड एकेडेमीको सहकार्य

काठमाडौं ।

रोजगारीको संभावना रहेको क्षेत्र ( क्लाउड कम्प्युटिङ्ग) मा दक्ष जनशक्ति उत्पादन गर्नको लागी लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमी सँग सहकार्य गर्ने भएको छ।

यस साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएस्सी आईटी (अनर्स) को साथसाथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्प्युटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।

सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी, मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको बीएस्सी आईटी र बिबिएम विषयमा अध्यापन गराउँदै आएको छ। संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ।

पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष पंकज जालानले भने “यस सहकार्यले उद्योग र औपचारिक शिक्षा बिचको दुरीलाई कम गर्ने विश्वास लिएका छौं । साथै यस कार्यको लागी जेनेस क्लाउड एकेडेमी जस्तो सहयात्री पाउँदा अत्यन्तै हर्षित छौं।”

जेनेस क्लाउड एकेडेमी जेनेश सोलुशनको पहलमा क्लाउड कम्प्युटिङ्गमा विद्यार्थीहरुलाई तालीम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो ।

जेनेस क्लाउड एकेडेमीले सुचना प्रविधी र प्रबन्धनका विद्यार्थीहरुलाई विभिन्न किसिमका उपकरण तथा श्रोतहरु प्रदान गर्ने लक्ष्य राख्दछ जुन उनीहरुले क्लाउड कम्प्युटिङ्गको क्षेत्रमा सैद्धान्तिक ज्ञान बढाउनुको साथै उनीहरुले वास्तविक जीवनमा सिकेका कुराहरु पनि कार्यान्वन गर्न सक्ने छन । यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरुको कार्य सजगता निर्माण गर्ने हो, जसले उनीहरु क्लाउड कम्प्युटिङ्ग क्षेत्रमा सजिलै प्रवेश गर्न सक्षम हुनेछन ।

कलेजले यस बीएससी आईटी (अनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकोलागी एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुकोलागी पुर्ण छात्रवृत्ति उपलब्ध हुने जानकारी गराएको छ। सोको छनोट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठित छात्रवृत्ति छनौट समितिले गर्नेछ।

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...