
काठमाडौं ।
नासाले जेम्स वेब टेलिस्कोपको प्रक्षेपणमा फेरि ढिलाइ गरेको छ।
एजेन्सीले उक्त टेलिस्कोप प्रक्षेपणका लागि तयार रहेको समीक्षा सार्वजनिक गर्दै हरियो झण्डा देखाएपछि आगामी डिसेम्बर २४ मा प्रक्षेपण गर्ने तय भएको थियो।
तर खराब माैसमका कारण उक्त मिति पुन: सरेको छ। अब सरेको समय अनुसार यो टेलिस्कोप डिसेम्बर २५ तारिखका दिन बिहान ७:२० देखि ७:५२ ईटीमा फ्रेन्च गायनामा रहको यूरोपको स्पेसपोर्टबाट प्रक्षेपण हुनेछ।
यो मिति जेम्स वेब प्रक्षेपण हुन सक्ने सबैभन्दा छिटो समय हो। यसको प्रक्षेपण मिति यसअघि थुप्रै पटक भइसकेको छ। नासाले गत अक्टोबरमै यसलाई प्रक्षेपण गर्ने योजना गरेको भए पनि कोरोनाका कारण रद्द भएको थियो।
नासा तथा यूरोप तथा क्यानडाका अन्तरिक्षसम्बन्धी साझेदार संस्थाले त्यसपछि डिसेम्बर १८ लाई मिति तोके। उक्त मितिबाट फेरि डिसेम्बर २२ हुँदै केहीदिन अघि डिसेम्बर २४ लाई सारिएको थियो।
यो टेलिस्कोप पृथ्वी र सूर्यबीचको विन्दूमा रहेको अर्बिटमा पुगेपछि विश्वभरका अनुसन्धाताले यसलाई ब्रह्माण्डको शुरुवाती ग्यालेक्सी, ब्ल्याक होल तथा ससाना एक्सोप्लानेटहरुको वासस्थानका बारेमा जानकारी लिन सक्नेछन्।
प्रकाशित: ८ पुष २०७८, बिहीबार