आईकू ९ सिरिजमा सामसङको आईएसओसेल जीएन५ सेन्सर प्रयोग गरिने

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
आईकू ९ सिरिजमा सामसङको आईएसओसेल जीएन५ सेन्सर प्रयोग गरिने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड आईकूल आफ्नो आईकू ९ सिरिजमा सामसङको आईएसओसेल जीएन५ क्यामरा सेन्सर प्रयोग गर्ने भएको छ।

भिभोको सहायक ब्रान्डका रुपमा रहेको आईकूले बुधबार यो डिभाइसको डिस्प्लेका बारेमा जानकारीहरु बाहिर ल्याएको थियो। त्यसै क्रममा आज बिहीबार भने यो फ्ल्यागशिप फोनको क्यामरा स्पेसिफिकेशनका बारेमा केही विवरणहरु सार्वजनिक भएका छन्।

ब्रान्डका एक अधिकारीले आफ्नो वेबो एकाउन्टमा सुधारिएको तस्बिर लिनसक्ने क्षमतायुक्त नयाँ कस्टम क्यामरा सेन्सरका बारेमा पोस्ट गरेका छन्।

उक्त जानकारीका बारेमा पछि आईस यूनिभर्स तथा डिजिटल च्याट स्टेशनले सामसङको १/१.५७ इन्चको आईएसओसेल जीएन५ सेन्सर भएको पुष्टि गरेका छन्। सामान्य हिसाबले यसलाई ५० मेगापिक्सेल १.५ माइक्रोमिटर सेन्सर भनेर बुझ्न सकिन्छ।

सामसङको सेन्सरले आईकू९ सिरिजमा ठूला पिक्सेलबाहेक चारै दिशातर्फ अटो फोकस गर्न सक्ने सुविधा प्रदान गर्दै यसअघिको आईकू८ सिरिजमा अझ उल्लेख्य अपडेट दिएको छ।

यसबाहेक यो सिरिजमा स्न्यापड्रागन ८ जेन १ चिपसेट, सामसङद्वारा निर्मित १२०हर्जको ६.७८ इन्चको ई५ ओएलईडी डिस्प्ले तथा प्रो भेरियन्टमा १२० वाटको चार्जिङ फिचर पनि समावेश हुने बुझिएको छ।

यो सिरिज चीनमा जनवरीमा सार्वजनिक हुन सक्ने आकलन गरिएको छ।

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार