भुक्तानी सेवा प्रदायकले कारोबार सम्बन्धि सम्पूर्ण बिबरण ७ दिनभित्र बुझाउनुपर्ने व्यवस्था

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
भुक्तानी सेवा प्रदायकले कारोबार सम्बन्धि सम्पूर्ण बिबरण ७ दिनभित्र बुझाउनुपर्ने व्यवस्था
फाइल

काठमाडौं ।

भुक्तानी सेवा प्रदायकहरुले अबदेखि महिना सकिएको ७ दिनभित्रै नेपाल राष्ट्र बैंकलाई सम्पूर्ण विवरणहरु बुझाउनुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ मा रहेको व्यवस्थामा संशोधन गर्दै हालै नयाँ व्यवस्था गरेको हो।

नयाँ निर्देशनअनुसार भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरुलाई महिना सकिएपछि अर्को महिनाको ७ दिन भित्र भुक्तानी सम्बन्धी कार्यको सम्पूर्ण विवरण राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ। यसअघि भुक्तानी सेवा प्रदायकहरुले महिना दिन भित्र बुझाए हुने व्यवस्था रहेकोमा थप कडाई गर्दै ७ दिनभित्र बुझाउनुपर्ने व्यवस्था गरेको हो।

यसका साथै नयाँ निर्देशनले बैंक तथा वित्तीय संस्थाहरूले शाखारहित बैंकिङ कारोबार सञ्चालन गरेको तथा एटिएम मेसिन रहेको स्थानको विवरण सञ्चालन भएको मितिले ७ दिन भित्र राष्ट्र बैंकलाई जानकारी दिनुपर्छ ।

शाखा रहित बैंकिङ केन्द्रमा रहेका ग्राहकरु तथा विद्युतीय कार्डको प्रयोग, ई–बैंकिङ्ग कारोबार, भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण, सेटलमेन्ट बैंकमा रहेको हिसाबको खाता सम्बन्धी विवरणहरु समेत भुक्तानी सेवा प्रदायकहरुले महिना सकिएको ७ दिन भित्र राष्ट्र बैंकलाई बुझाउनु पर्ने प्रावधान लागू गरिएको छ।

ग्राहकको विवरण, एजेन्टको विवरण, क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण, क्लियरिङ्ग हाउसबाट भएको कारोबार विवरण लगायतको भुक्तानी कारोबारको विवरणसमेत महिना सकिएको ७ दिन भित्र राष्ट्र बैंकलाई विवरण बुझाउनु पर्ने राष्ट्र बैंकको नयाँ निर्देशनमा उल्लेख गरेको छ।

Circular_2_20211223

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार